यो साता नेप्से खुम्चियो, सात अर्ब ८० करोडको सेयर किनबेच
काठमाडौं । यो साता नेप्से १९ सय ५६ दशमलव ९२ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ३७ अंकमा खुम्चिएको छ । नेप्सेमा यो साता दुई सय ८६ वटा कम्पनीहरुको तीन लाख ३२ हजार दुई सय ९७ पटकको कारोबारमा दुई करोड ५३ लाख ५१ हजार आठ सय ५८ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम सात अर्ब छ करोड ३३ लाख ५२ हजार नौं सय ६३ रुपैंयाँ ८१ पैसा पुगेको छ । यो कारोबार रकम गत साताकै बराबरको हो ।
गत साता नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ९६ हजार चार सय १४ पटकको कारोबारमा तीन करोड १२ लाख ८५ हजार आठ सय २८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ८० करोड छ लाख ३७ हजार दुई सय १८ रुपैंयाँ २० पैसा पुगेको थियो । यो साता पाँच दिन नैं खुल्ला रहेको नेप्से पहिलो, तेस्रो र पाँचौं दिन घटेको थियो भने दोस्रो र चौंथो दिन बढेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन ३३ दशमलव २० अंकले घटेर १९ सय ७१ दशमलव १० सिमित भएको नेप्से अन्तिम दिन ११ दशमलव चार अंकले घटेर १९ सय ५६ दशमलव ९२ अंंकमा खुम्चिएको थियो । यसैगरी पहिलो दिन पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७७ दशमलव ३९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन एक दशमलव ५३ अंकले घटेर तीन सय ७३ दशमलव ३७ अंकमा खुम्चिएको थियो ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुँदा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












