यो साता नेप्से खुम्चियो, सात अर्ब ८० करोडको सेयर किनबेच
काठमाडौं । यो साता नेप्से १९ सय ५६ दशमलव ९२ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ३७ अंकमा खुम्चिएको छ । नेप्सेमा यो साता दुई सय ८६ वटा कम्पनीहरुको तीन लाख ३२ हजार दुई सय ९७ पटकको कारोबारमा दुई करोड ५३ लाख ५१ हजार आठ सय ५८ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम सात अर्ब छ करोड ३३ लाख ५२ हजार नौं सय ६३ रुपैंयाँ ८१ पैसा पुगेको छ । यो कारोबार रकम गत साताकै बराबरको हो ।
गत साता नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ९६ हजार चार सय १४ पटकको कारोबारमा तीन करोड १२ लाख ८५ हजार आठ सय २८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ८० करोड छ लाख ३७ हजार दुई सय १८ रुपैंयाँ २० पैसा पुगेको थियो । यो साता पाँच दिन नैं खुल्ला रहेको नेप्से पहिलो, तेस्रो र पाँचौं दिन घटेको थियो भने दोस्रो र चौंथो दिन बढेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन ३३ दशमलव २० अंकले घटेर १९ सय ७१ दशमलव १० सिमित भएको नेप्से अन्तिम दिन ११ दशमलव चार अंकले घटेर १९ सय ५६ दशमलव ९२ अंंकमा खुम्चिएको थियो । यसैगरी पहिलो दिन पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७७ दशमलव ३९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन एक दशमलव ५३ अंकले घटेर तीन सय ७३ दशमलव ३७ अंकमा खुम्चिएको थियो ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुँदा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












