इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबैको उद्धार, स्वदेश फर्किने दुई सय जनाभन्दा धेरै
काठमाण्डौ । इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सुरिक्षत ठाउँमा छन् । युद्धका कारण भयभित भएका उनीहरुलाई संयमता अपनाउन पनि लम्सालको आग्रह छ । स्वदेश फर्किन चाहनेहरुका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
सरकारले पहिलो प्राथमिकतामा राखेर इजरायल सरकारसँग समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउन काम थालिसकेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म दुई सयभन्दा धेरैले नेपाल फर्किन अनलाइन रजिष्ट्रेशन भरेका छन् । नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग समन्वय भइरहेको छ । नेपाल फर्किन इच्छुक नेपालीले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिष्ट्रेशन भर्न सक्ने छन् ।
इजरायलमा प्रविधिको पहुँच रहेकाले अनलाइन रजिष्ट्रेशन गर्न नेपालीलाई समस्या नहुने पनि मन्त्रालयको भनाइ छ । रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिएपछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ । यस्तै, दूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवम् सतर्क भइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि आग्रह गरेको छ । यस्तै, बेपत्ता भएका एक जना नेपाली विद्यार्थीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।
दूतावासले घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको जनाएको छ । यस्तै, ज्यान गुमाएका १० जना विद्यार्थीकोे शव नेपाल ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवम् सहकार्य थालेको पनि जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












