सुदूरपश्चिममा भेटिए स्क्रब टाइफसका एक हजार बढी बिरामी
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा असोज र भदौ महिनामामात्रै एक हजार एक सय ५२ जनामा स्क्रक टाइफसको संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा चार साय ४० जनामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
त्यस्तै,दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् ।
गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना बिरामी भेटिएका थिए । जसमा सबैभन्दा बढी डडेल्धुरामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ बिरामी भएका थिए । यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो ।
स्टक्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउँमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ । स्क्रब टाइफसको लक्षण कोभिड– १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्ने उहाँले बताउनुभयो । स्क्रब टाइफसका बिरामी औषधि सेवनपछि पूर्णरुपमा निको हुने जोशीको भनाइ रहेको छ ।
“समयमै उपचार नगरे यसले गम्भीर रुप लिनसक्छ”, उहाँले भन्नुभयो, “यसले मस्तिष्क, कलेजो, फोक्सोको सङ्क्रमणसँगै बहुअङ्ग विकार गर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।” स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा गर्ने गरेको उहाँले बताउनुभयो
उहाँका अनुसार मुसामा लाग्ने किर्ना जस्तो देखिने कीरा(माइट) को टोकाइबाट मानिसमा सर्ने भए पनि यो रोग मानिसबाट मानिसमा भने सर्दैन । “किर्ना झाडी, खेतबारी, वनजङगल र घरवरिपरिको झाडीमा देखिने गर्दछ”, निरीक्षक जोशीले भन्नुभयो, “किर्नाबाट बच्नका लागि खेतबारीमा काम गर्दा, वनजङगलमा काम गर्दा पूरा शरीर ढाकिने कपडा लगाउने, बुट लगाउने गर्नुपर्दछ ।”
किर्नाको टोकाइबाट बच्न घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भूइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने वा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । विशेष गरी स्क्रब टाइफसको सङ्क्रमण असार महिनादेखि असोज महिनासम्म बढी देखिने गरेको छ ।
Comments
अरु समाचार
-
खसी विवादपछि कुटाकुट हुँदा एक जनाको मृत्यु !
काठमाडौं । बाँकेमा खसी किन्ने क्रममा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान जिल्लाको नेपालगन्ज...
-
डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
काठमाडाैं । नवदुर्गा गाउँपालिका–५ को चौडमा डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब...
-
धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ
काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ स्थित ब्यारेल...
-
पुस्तक बिक्रीबाट सङ्कलित १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख...
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
-
नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारबाट बाहिरिने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार...
-
सवारी दुर्घटनामा टेलिकमका प्रमुखसहित तीनजनाको मृत्यु
काठमााडौं । बारा जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।...
-
दुई मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु
काठमाडौं । बर्दियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका – २...
-
घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।...












