नेप्सेको ओरालो यात्रा कायमै,१९ सय विन्दु तल झर्यो नेप्से
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार १९.०६ अंकले घटेको छ । पछिल्ला चार दिन यता लगातार ओरालो यात्रामा रहेको परिसूचक आज उन्नाइस सय भन्दा तल १८८९.५९ विन्दुमा बन्द भएको हो ।
मंगलबार एक अर्ब २८ करोड रुपैयाँको बराबरको सेयर कारोबार भएको छ । सोमबार एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १.७९ प्रतिशत घटेको छ ।
घटेको बजारमा अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ ।
सर्वाधिक सेयर कारोबार हुनेमा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेड छ । यो कम्पनीको २० करोड ३७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
२८२ धितोपत्रका ४२ लाख ८७ हजार ४२४ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर संस्थागतर्फ २० करोड र व्यक्तितगतर्फ १५ करोड रुपैयाँ पुर्याइएको छ । यो सीमा संशोधन गरिएपछि बजार बढ्ने सेयर लगानीकर्ताको आकलन थियो । यो व्यवस्थाको संशोधनपछि पनि बजारमा उत्साह देखिएको छैन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












