नेप्सेको ओरालो यात्रा कायमै,१९ सय विन्दु तल झर्यो नेप्से
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार १९.०६ अंकले घटेको छ । पछिल्ला चार दिन यता लगातार ओरालो यात्रामा रहेको परिसूचक आज उन्नाइस सय भन्दा तल १८८९.५९ विन्दुमा बन्द भएको हो ।
मंगलबार एक अर्ब २८ करोड रुपैयाँको बराबरको सेयर कारोबार भएको छ । सोमबार एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १.७९ प्रतिशत घटेको छ ।
घटेको बजारमा अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ ।
सर्वाधिक सेयर कारोबार हुनेमा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेड छ । यो कम्पनीको २० करोड ३७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
२८२ धितोपत्रका ४२ लाख ८७ हजार ४२४ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर संस्थागतर्फ २० करोड र व्यक्तितगतर्फ १५ करोड रुपैयाँ पुर्याइएको छ । यो सीमा संशोधन गरिएपछि बजार बढ्ने सेयर लगानीकर्ताको आकलन थियो । यो व्यवस्थाको संशोधनपछि पनि बजारमा उत्साह देखिएको छैन ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
अबदेखि काठमाडौंमा बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।...












