मेची–महाकाली जागरण अभियानको ‘हरिविजोक’: सुन्ने मान्छे नभएपछि नेपाल र खनाल भाषणै नगरि फर्किए
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरबाट भाषण नगरेर फर्किएका छन् ।
मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रीत चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो ।
पार्टीका कार्यकर्ता, स्वयमसेवक, सुरक्षाकर्मी, र स्वयम नेताहरु सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मान्छेहरु जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुर तर्फ लागेका हुन् । कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गरेका थिए ।
गाडीमा चार वटा माइक अगाडी पछाडी तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ताहरुको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरु निराश भएका छन् ।
‘घर तर्फ जाँदै थिए यसो हेरेको माधव नेपाल र झलनाथ खनाललाई देखेर भाषण सुन्न बसे । उनिहरु त जुरुक्क उठेर भाषण नगरेर हिडे । मान्छे नभएर भाषण नगरेको बुझीयो । तर अरु नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो । आधाघन्टाको समय बेकार खेर गयो । यसले राम्रो सन्देश गएन ।’ नेपाली काँग्रेस निकट शिक्षक एकराज केसीले भने ।
यता नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताए ।
‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे । यहाँ कस्लाई सुनाउने हो । फेरि कमरेडहरुलाई नेपालगञ्ज जान पनि हतार थियो ।’ सह–इन्चार्ज मियाले भने ।
पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणी वेलवासे लगायतका एसमाजवादीका सयौं नेता तथा कार्यक्रता एमालेमा समाहित भएपछि त्यसको प्रभाव पार्टीमा देखिएको हो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












