अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प
काठमाडौं । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।
ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो । यही असोज २० गते ९अक्टोबर ७० हेरातको सोही भागमा छ दशमलव तीन म्याग्निच्युडको शक्तिशाली भूकम्प र आठ वटा परकम्प गएको थियो । उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयाैँ घाइते भएका थिए ।
हजारौँ भयभित बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही तीव्रताको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए ।
भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको युनिसेफले बुधबार बताएको थियो । भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीहरूका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुने छ । तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सम्बन्ध खराब छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











