राष्ट्रपति सीले गरे बीआरआई फोरमको उद्घाटन
एजेन्सि । चीनको राजधानी बेइजिङको ग्रेट हल अफ दी पिपुलमा चीनले दश वर्ष अगाडि सार्वजनिक गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरमको उद्घाटन भएको छ ।
उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेका छन् । विश्वका १४० देशका राष्ट्र तथा सरकार प्रमुख अथवा उच्च प्रतिनिधिहरू सहभागी भएको फोरमको उद्घाटन सत्र आज बिहान सम्पन्न भएको छ । सी ले प्राचीन सिल्क रोड देखी भूपरिवेष्टित बाट भू जडित भएका बीआइआई परियोजनाका बारेमा मन्तव्य दिए ।
शान्ति, विकास र सहकार्य अहिलेको आवश्यकता भएको बताए । आठ बुँदे प्राथमिकता सार्वजनिक गर्दै सिले ठुला देखी जनजीविकाका परियोजना हुँदै पूर्वाधार देखी जनस्तरको कनेक्टिभिटीमा काम गर्ने बताए ।
फोरमको उद्घाटन हिजै भए पनि औपचारिक उद्घाटन आज भएको हो । औपचारिक उद्घाटनको मुख्य मञ्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिनदेखि दक्षिण एसियाबाट पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अन्वर अल हक ककरदेखि श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेसम्म उपस्थिति रहेका थिए ।
नेपालबाट भने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शीर्ष नेतृत्व पुगेको छ । सरकारभन्दा बाहिरका शीर्ष अनुहारमा भने सत्ताधारी दल नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल छन् ।
सन २०१७ मा पहिलो, सन २०१९ मा दोस्रो बीआरआई फोरमको कार्यक्रम भएका थिए । पहिलो फोरमको नेतृत्व तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गरेका थिए भने दोस्रोको नेतृत्व तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।
सन २०१३ को सेप्टेम्बरमा काजाकिस्तानको भ्रमणमा रहेका सिले सिल्क रोड इकोनोमिक बेल्टको कुरा गरेका थिए । त्यसैबाट क्रमशः विकास भएर बेल्ट एण्ड रोड इनिसिएटिभको रूपमा विकास भएको हो ।
बीआरआई दश वर्ष पुगेको अवसरमा चीनले तामझाम गरेर तेस्रो फोरम आयोजना गरेको हो । पूर्वाधार देखी गैर पूर्वाधार दुवै क्षेत्रमा सक्रिय बीआरआईको तेस्रो फोरममा भाषादेखि सांस्कृतिक हुँदै सिइओ लगायतका विभिन्न फरक फरक उपकार्यक्रमहरू पनि चीनले आयोजना गरेको छ । १४३ देशका चार हजार पत्रकार कार्यक्रममा सहभागी भएको चिनियाँ पक्षले बताएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












