गाजापट्टीको अस्पतालमा भएको हवाइ आक्रमणमा पाँचसय जना मारिए
काठमाडौं । गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् । गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौँ मानिस च्यापिएको अनुमान गरिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार अस्पतालमा भएको हमलामा मारिनेमा धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको बताइएको छ ।
हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफूहरूले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनकै अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरूले झुटको संज्ञा दिएका छन् ।
इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।
इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भीषण हमला भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतङ्कवादी हमलाको संज्ञा दिँदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफ्ना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिए ।
प्यालेस्टाइनका नेता महमुद अब्बासले भने इजरायली बर्बरताको सिमा नाघेको प्रतिक्रिया दिएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गरेका छन् ।
इजरायल र हमास बीचको पछिल्लो युद्ध १२औँ दिनमा प्रवेश गरेको छ । यो अवधिमा दुवै पक्षले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् ।
गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजापट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












