आन्तरिक राजस्व विभागद्वारा असोज महिनामा३० अर्ब १८ करोड राजस्व संकलन
काठमाडौं । आन्तरिक राजस्व विभागले असोज महिनामा ३० अर्ब १८ करोड राजस्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षको तुलनामा २ अर्ब बढी राजस्व संकलन गरेको हो ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म ९६ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ। गतवर्ष सोहि अवधिको तुलनामा ०.०३ प्रतिशतले कमि हो ।
गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा विभागले ९६ अर्ब ५० करोड राजस्व संकलन गरेको थियो। सरकारले चालु वर्ष १ करोडसम्म मूल्य अभिवृद्धि कर (भ्याट)को विवरण चौमासिक रुपमा बुझाउन पाउने नियम बनाएको छ। यसकारण पनि पहिलो त्रैमासमा केहि कम राजस्व उठेको विभागको दाबी छ ।
चालु वर्ष विभागले ६ खर्ब ७७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। पहिलो त्रैमासमै लक्ष्यभन्दा २२ अर्ब ६० करोडले पछि परिसकेको छ ।
बढ्दो आर्थिक मन्दीले आन्तरिक राजस्वमा सुधार हुन सकिरहेको छैन । भन्सार राजस्वमा गतवर्षको तुलनामा १०.८८ प्रतिशतको सुधार देखिए पनि आन्तरिक राजस्वमा सुधार देखिन सकेको छैन ।
पहिलो त्रैमासमा सरकारले २ खर्ब ८९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब १९ अर्ब मात्रै राजस्व संकलन भएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...
-
मध्यपूर्व घटनाक्रमको असर नेपालमा पनि, सात अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान रद्द
काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका...
-
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । बजेट निर्माणका विभिन्न समयसीमा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य सामान्य घट्यो, युरोको बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घट्दा युरोको बढेको छ...
-
वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार
काठमाडौं । नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु...











