दसैंमा टाटाले बेच्यो गत बर्षभन्दा दोब्बर विद्युतीय गाडी
काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले यो दशैँमा ७३५ वटा विद्युतीय गाडी बिक्री गरेको छ ।
कम्पनीका अनुसार सेप्टेम्बर र अक्टोबर गरी दुई महिनामा ७३५ वटा गाडि बिक्री भएको हो ।
अघिल्लो बर्ष टाटाले सोही समयमा ३५४ वटा गाडी बिक्री गरेकोमा यस पटक दोब्बर संख्यामा विद्युतीय गाडी बिक्री गरेको हो। कम्पनीका सिओओ राजेशबाबु गिरीले यो दशैँमा निजी गाडीमा विद्युतीयमात्रै बिक्री गरिएको बताए ।
‘यो दशैंमा हामीले विद्युतीय गाडीमात्रै बेच्यौँ,’ गिरीले भने ।
टाटाले दशैँलाई लक्षित गरेरै गत असोजमा टाटा एस इभी पिकअप भ्यान बजारमा ल्याएको थियो । यो सँगै टाटाले नेक्सन, टिगोर र टियागो गाडी बिक्री गरिरहेको छ। दशैँलाई भनेरै टाटाले विशेष अफर समेत सञ्चालन गरेको थियो ।
टाटा भारतले पछिल्लो ५ वर्षमा १ लाखभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको छ ।
असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले दसैंमा इभीको राम्रो ब्यापार भएको प्रष्ट पार्छ । भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरका १२ सय ३७ वटा विद्युतीय गाडी आयात भएका छन् ।
गत वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँको ७०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातित गाडीबाट सरकारले १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको २ हजार १३५ वटा विद्युतीय गाडी आयात गरेको छ । जुन सो अवधिमा आयात भएको संख्या हालसम्मकै उच्च हो । आयातित विद्युतीय गाडीबाट सरकारले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












