दसैंमा टाटाले बेच्यो गत बर्षभन्दा दोब्बर विद्युतीय गाडी
काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले यो दशैँमा ७३५ वटा विद्युतीय गाडी बिक्री गरेको छ ।
कम्पनीका अनुसार सेप्टेम्बर र अक्टोबर गरी दुई महिनामा ७३५ वटा गाडि बिक्री भएको हो ।
अघिल्लो बर्ष टाटाले सोही समयमा ३५४ वटा गाडी बिक्री गरेकोमा यस पटक दोब्बर संख्यामा विद्युतीय गाडी बिक्री गरेको हो। कम्पनीका सिओओ राजेशबाबु गिरीले यो दशैँमा निजी गाडीमा विद्युतीयमात्रै बिक्री गरिएको बताए ।
‘यो दशैंमा हामीले विद्युतीय गाडीमात्रै बेच्यौँ,’ गिरीले भने ।
टाटाले दशैँलाई लक्षित गरेरै गत असोजमा टाटा एस इभी पिकअप भ्यान बजारमा ल्याएको थियो । यो सँगै टाटाले नेक्सन, टिगोर र टियागो गाडी बिक्री गरिरहेको छ। दशैँलाई भनेरै टाटाले विशेष अफर समेत सञ्चालन गरेको थियो ।
टाटा भारतले पछिल्लो ५ वर्षमा १ लाखभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको छ ।
असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले दसैंमा इभीको राम्रो ब्यापार भएको प्रष्ट पार्छ । भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरका १२ सय ३७ वटा विद्युतीय गाडी आयात भएका छन् ।
गत वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँको ७०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातित गाडीबाट सरकारले १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको २ हजार १३५ वटा विद्युतीय गाडी आयात गरेको छ । जुन सो अवधिमा आयात भएको संख्या हालसम्मकै उच्च हो । आयातित विद्युतीय गाडीबाट सरकारले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












