देवचुली डाँडामा पर्यटन सप्ताह
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ ।
पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिनुभयो ।
‘देवचुली डाँडाको महत्वलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी धार्मिक र साहसिक पदयात्रा पर्यटनको प्रवर्द्धनका लागि देवचुली डाँडाको फेदी कीर्तिपुरमा सप्ताहव्यापी कार्यक्रम पहिलोपटक गर्न लागिएको हो’, उहाँले भन्नुभयो ।
उक्त स्थानको सुन्दरता देशव्यापी बनाउने र त्यस क्षेत्रमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले सप्ताहव्यापीरूपमा यो महोत्सवको आयोजना गरिएको सापकोटाले बताउनुभयो ।
देवचुली नगरपालिका प्रमुख संरक्षक रहेको पर्यटन सप्ताहको आयोजना देवचुली जेसिजले गरेको हो । पर्यटन सप्ताहअन्तर्गत वडास्तरीय खुला भलिबल प्रतियोगिता, नवलपुरमा पर्यटनको सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता, व्यापारिक तथा व्यावसायिक स्टलहरूमार्फत स्थानीय उत्पादनको पहिचान र प्रवरद्धन, जिल्लाको कृषि उपज प्रदर्शनी एवं व्यापार, स्थानीय कला–संस्कृति, सांस्कृतिक झाँकी र नाच प्रस्तुति गरिने छ ।
स्थानीय कला र संस्कृतिको प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिने बताइएको छ । साथै पालिकास्तरीय युवा नेतृत्व र बहस कार्यक्रम, स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति प्रदर्शन, टिकटक प्रतियोगिता, कवि गोष्ठी एवं रचना बाचनसँगै दैनिक देवचुली डाँडाको पदयात्रा सञ्चालन गरिने सापकोटाले बताउनुभयो ।
कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउन देवचुली पर्यटन दौडअन्तर्गत दलदलेबाट नगरपालिका कार्यालयसम्म वडाध्यक्षहरूको दौड, नगरपालिकाबाट कीर्तिपुरसम्म मार्चपास, नवलपुरको पर्यटन साथमा देवचुली विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासमेत समावेश गरिएको कार्यक्रम संयोजक वसन्त पोखरेलले बताउनुभयो ।
देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा जिल्लाकै गौरव रहेकाले यस क्षेत्रको विकासमा पर्यटन सप्ताह आयोजना गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । ‘देवचुली डाँडा जिल्लाकै पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन राष्ट्रियरूपमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनारी गराउन पर्यटन सप्ताह फलदायी हुने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो ।
पर्यटन सप्ताहको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आज उद्घाटन गर्नुहुने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।
तीनतले जिल्ला (पहाड, भित्री मधेस र तराई)का रूपमा रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पर्यटकीय क्षेत्रमध्ये देवचुली डाँडा पदयात्राका लागि परिचित रहेको छ । समुद्र सहतबाट करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र देवचुली डाँडा पदयात्रीहरूको रोजाइमा पर्ने गरेको छ ।
यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई पनि आनन्दित बनाउने गरेको छ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।
थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । यस दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












