सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महशुल लगाउन निर्देशन
काठमाडौँ, १५ कात्तिक । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले यस्तो महसुल लगाउन निर्देशन दिने निर्णय गरेको सभापति अब्दुल खानले जानकारी दिनुभयो ।
“नेपालमा आयात हुने सुपारीमा काउन्टरभेलिङ कर लगाउन र सो बापत असुल गरिने रकम सुपारी किसानलाई अनुदानका रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ”, सभापति खानले भन्नुभयो । सेफगार्ड, एन्टि–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ ले स्वदेशी उद्योगलाई गम्भीर हानीनोक्सानी पुग्ने वा पुग्न सक्ने अवस्थामा भन्सार महसुलका अतिरिक्त काउन्टरभेलिङ महसुल लगाउन सक्ने व्यवस्था गरेको छ ।
सोही ऐनको व्यवस्थाअनुसार सुपारी आयातमा काउन्टरभेलिङ महसुल लगाउन समितिले सरकारलाई निर्देशन दिएको हो । नेपालमा उत्पादन भएर विदेशमा निकासी हुने सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थासम्बन्धी कार्यविधि, २०६८ लाई परिमार्जन गर्न पनि समितिले निर्देशन दिएको छ । त्यस्तै, नयाँ बन्ने आवधिक योजनामा सुपारी खेतीलाई प्रवद्र्धनको नीति लिन सरकारलाई समितिले निर्देशन दिएको छ ।
“सुपारी खेतीमा किसानको आकर्षण बढिरहेको छ । तर सरकारी निकायबाट यस खेतीलाई अपेक्षित रुपमा प्रवर्द्धन गर्ने कार्य भएको नपाइएकाले आगामी १६औँ पञ्च वर्षीय आवधिक योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्थाका गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिइन्छ”, सभापति खांनले भन्नुभयो । सुपारी खेतीलाई कृषिजन्य वस्तुको रुपमा सूचीकृत गर्न सरकारले कृषि उपजमा प्रदान गर्ने अनुदानलगायत सुविधा तथा सहुलियत सुपारी किसानलाई उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ ।
सुपारी प्रशोधनका लागि आवश्यक यान्त्रिक उपकरण खरिद गर्न किसान समूह वा सहकारी संस्थालाई सहजीकरण गर्न पनि निर्देशन दिइएको छ । सुपारी किसानलाई उन्नत बिउबिजन, मलखाद र जनशक्ति उपलब्ध गराउने र किसानको प्रतिनिधिसमेत राखेर सुपारी उत्पादनको एकीकृत तथ्याङ्क सङ्कलन गर्न पनि समितिले निर्देशन दिएको छ ।
नेपालमा उत्पादित सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गर्न ल्याब परीक्षणलगायत व्यवस्था गरी विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्नसक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिइएको छ । आजको बैठकमा अप्रशोधित काँचो सुपारी निर्यात गर्न दिने विषयमा छलफल भएको थियो । तर समितिमा सांसदहरुले यस्तो निर्देशन दिन नहुने भन्दै विरोध गरेपछि सभापति खानले उक्त विषय माइन्युटबाट हटाउनुभएको थियो ।
नेपालमा उत्पादन हुने सुपारी भारतलगायत विभिन्न देशमा निर्यातका लागि समस्याका सम्बन्धमा उजुरी परेपछि समितिले यस विषयमा सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गरिरहेको छ । नेपाल सुपारी खेती विकास संस्था र नेपाल सुपारी खेती किसान पहल समितिले नेपालमा उत्पादित सुपारी निकासीका लागि सहजीकरण गरिदिन भन्दै समितिमा निवेदन दिएका थिए । सुपारी निकासीका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) चाहिने र यस्तो प्रमाणपत्र जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नमानेको उनीहरुको भनाइ छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा उत्पादित सुपारी निर्यात गर्नका उत्पत्तिको प्रमाणपत्र जारी गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको भए पनि उक्त पत्रमाथि कारबाही नभएको भन्दै सुपार व्यवसायी तथा किसानले समितिमा उजुरी हालेका थिए । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने संसदीय समितिको यसभन्दा अघिको निर्देशनका कारण उत्पत्तिको प्रमाणपत्र जारी गर्न समस्या भएको बताउँदै आएको छ ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले २०७९ साल साउन १६ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै डिएनए परीक्षणबाट नेपालमा उत्पादित भएको भनी प्रमाणित सुपारीलाई मात्र निर्यातको अनुमति दिन मन्त्रालयलाई निर्देशन दिएको थियो । यही निर्देशनका कारण सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी हुन नसकेको मन्त्रालयको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












