सचिव र महानिर्देशकलाई अख्तियारले भन्यो– बिचौलिया र माफियासँगको साँठगाठ तोड
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका काम कारबाही गर्न आवश्यक निर्देशन दिएको छ ।
अख्तियारले विभिन्न विकास निर्माण र भौतिक पूर्वाधारको जिम्मेवारी पाएका मन्त्रालय र सेवा प्रवाहको जिम्मेवारीमा रहेका मन्त्रालयलका सचिव तथा महानिर्देशकहरूलाई दुई भागमा विभाजन गरी सोमबार र मंगलबार दुई दिनसम्म अख्तियारमा नै बोलाएर विशेष निर्देशन दिएको हो । अख्तियारले गत वर्ष पनि सरकारका सचिव तथा महानिर्देशकहरूलाई बोलाएर विकास निर्माण, सार्वजनिक खरिदमा पारदशर्शीता तथा सुशासन कायम गर्ने विषयमा महत्वपूर्ण सुझाव दिएको थियो ।
तर, सचिवहरूले अख्तियारले दिएको सुझाको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै अख्तियार सचिवहरूसँग रुष्ट बनेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले सरकारका सचिव तथा महानिर्देशकलाई अख्तियारमा नै बोलाएर छलफल गर्दै विगतका दिइएको सुझावको कार्यान्वयन गर्न विशेष निर्देशन दिइएको जानकारी दिनुभयो । स्रोतका अनुसार सरकारका अधिकांश सचिव तथा महानिर्देशकहरू स्वार्थप्रेरित काममा मात्रै लाग्ने गरेको, मन्त्रीको एसम्यान बन्ने गरेको, कानुनले गर्न नमिल्ने काम पनि आफ्नो स्वार्थका लागि गर्ने गरेको, बिचौलिया र माफियाको निर्देशनअनुसार चल्ने गरेको भन्दै उनीहरूको कामका कारण मुलुकमा कुशासन र बेथिति बढेको गुनासो अख्तियारसमक्ष पुगेको थियो । लगातार यस्ता गुनासाहरू आएपछि अख्तियारले सचिव र महानिर्देशकलाई बोलाएर सचेत पार्दै आगामी दिनमा सुशासन कायम गर्ने गरी काम गर्न विशेष निर्देशन दिएको हो ।
दुई दिनको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सचिव तथा महानिर्देशकहरू आफैं सुशासन कायम गर्ने विषयमा उदासीन बन्नु दुःखद् रहेको बताउँदै आगामी दिनमा सच्चिएर अघि बढ्न निर्देशन दिनुभएको थियो । प्रमुख आयुक्त राईले कानुनले जे काम गर्नुभनेको छ त्यही काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै सचिवप्रति रोष प्रकट गर्नुभएको थियो । विकास निर्माणमा किन बेवास्ता रु सुशासन कायम गर्ने विषयमा किन उदासीनता भन्दै प्रमुख आयुक्त राईले सचिवहरूलाई प्रश्न गर्नुभएको थियो । प्रमुख आयुक्त राईले सचिव तथा महानिर्देशकहरूलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पछिल्ला समयमा विभिन्नखाले नीतिगत भ्रष्टाचारमा सचिवहरूको संलग्नता रहने गरेको, अधिकांश सचिवहरूको उठबस बिचौलिया र माफियासँग बढी हुने गरेको, मन्त्रीले दिने गलत निर्देशनलाई एसम्यान बन्दै पालना गर्ने गरेको, जनताको काममा खासै ध्यान नदिने गरेको, आफ्नै स्वार्थमा बढी दौडिने गरेकोलगायतका आरोप सरकारका सचिवहरूमाथि लाग्दै आइरहेको छ ।
सचिवहरू मन्त्रीको मुख्य सल्लाहकारको भूमिकामा रहनुपर्नेमा मन्त्रीका कारिन्दाजस्तो बन्ने गर्दा पनि कुशासन मौलाउन पुगेको गुनासाहरूसमेत आउन थालेको भन्दै अख्तियारले सचिवहरूलाई त्यस्तो प्रवृत्ति अन्त्य गर्न सुझाएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सचिवहरूले विगत एक वर्षमा गरेका कार्यहरूको विवरण पेस गरे पनि उनीहरूले पेस गरेको कार्यविवरणबाट अख्तियार सन्तुष्ट हुन सकेको थिएन ।
‘सचिवहरूले पेस गरेको कार्य प्रगति विवरण औपचारिकतामा मात्रै सीमित थियो, केही अपवाद छोडेर अधिकांश सचिवहरूले झारा टार्ने किसिमले कार्यविवरण पेस गरेका थिए’ –अख्तियार स्रोतले सञ्चारमाध्यमलाई भन्यो । अख्तियारले कतिपय सरकारी अधिकारीहरूमा कमिसन मोह देखिएको भन्दै त्यस्तो कार्य दण्डनीय हुने भएकाले छोड्न आग्रह गरेको थियो ।
स्रोतका अनुसार कैयौं सचिव र महानिर्देशकहरूका विरुद्धमा अख्तियारमा उजुरीहरूसमेत परेका छन् । विशेष गरी विकासे मन्त्रालय र सेवा प्रवाह तथा ठेक्का पट्टा सञ्चालन गर्ने मन्त्रालय र विभागको नेतृत्वको साँठगाँठ बिचौलिया तथा माफियासँग हुने गरेको भन्दै उनीहरूमाथि छानबिन गर्न अख्तियारमा विभिन्न खाले उजुरीहरू समेत पर्दै आएका छन् ।
राजस्व छली गर्ने पक्षसँग सरकारकै अधिकारीहरूको उठबस हुने गरेको भन्दै त्यस्ता अधिकारीहरूविरुद्धसमेत छानबिन गर्न अख्तियार माथि दबाब पर्दै आइरहेको छ । अख्तियारले समेत यो विषयलाई गम्भीरतापूर्वक लिइएको जनाएको छ । अख्तियारका प्रवक्ता भोला दाहालले अख्तियारले सचिव र महानिर्देशकलाई बोलाएर सुशासन कायम गर्न र सेवा प्रवाह प्रभावकारी बनाउन दिएको निर्देशनको कार्यान्वयन भए नभएको बारेमा आवश्यक अनुगमन गरिने जानकारी दिनुभयो ।
‘विगतमा दिइएका सुझावको कार्यान्वयनको अवस्था हेर्दा त्यति सन्तोष गर्ने ठाउँ छैन, अब भने सशक्त कार्यान्वयन हुने विश्वास अख्तियारले गरेको छ’ –प्रवक्ता दाहालले भन्नुभयो । सचिवहरूले पनि सेवा प्रवाह दिँदा तथा सुशासन कायम गर्ने विषयमा भोग्नुपरेका केही समस्याका बारेमा अख्तियारलाई जानकारी गराएका थिए । अख्तियारले कानुनअनुसार काम गर्दा कसैसँग डरत्रास राख्न नपर्ने भन्दै सचिवहरूलाई कानुनको पालनामा गम्भीर बन्न बारम्बार आग्रह गरेको थियो ।
सचिव र महानिर्देशकलाई अख्तियारको निर्देशन
–मन्त्रीको एसम्यान नबन
–नीतिगत भ्रष्टाचारमा साथ नदेऊ
–प्रचलित कानुनको परिधिमा रहेर काम गर
–बिचौलिया र माफियासँगको साँठगाठ तोड
–सुशासन कायम गर्न दत्तचित्त होऊ
–वित्तीय उत्तरदायित्व बहन गर
–कमिसन मोह त्याग
–सार्वजनिक खरिदलाई पारदर्शी बनाऊ
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












