सचिव र महानिर्देशकलाई अख्तियारले भन्यो– बिचौलिया र माफियासँगको साँठगाठ तोड
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका काम कारबाही गर्न आवश्यक निर्देशन दिएको छ ।
अख्तियारले विभिन्न विकास निर्माण र भौतिक पूर्वाधारको जिम्मेवारी पाएका मन्त्रालय र सेवा प्रवाहको जिम्मेवारीमा रहेका मन्त्रालयलका सचिव तथा महानिर्देशकहरूलाई दुई भागमा विभाजन गरी सोमबार र मंगलबार दुई दिनसम्म अख्तियारमा नै बोलाएर विशेष निर्देशन दिएको हो । अख्तियारले गत वर्ष पनि सरकारका सचिव तथा महानिर्देशकहरूलाई बोलाएर विकास निर्माण, सार्वजनिक खरिदमा पारदशर्शीता तथा सुशासन कायम गर्ने विषयमा महत्वपूर्ण सुझाव दिएको थियो ।
तर, सचिवहरूले अख्तियारले दिएको सुझाको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै अख्तियार सचिवहरूसँग रुष्ट बनेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले सरकारका सचिव तथा महानिर्देशकलाई अख्तियारमा नै बोलाएर छलफल गर्दै विगतका दिइएको सुझावको कार्यान्वयन गर्न विशेष निर्देशन दिइएको जानकारी दिनुभयो । स्रोतका अनुसार सरकारका अधिकांश सचिव तथा महानिर्देशकहरू स्वार्थप्रेरित काममा मात्रै लाग्ने गरेको, मन्त्रीको एसम्यान बन्ने गरेको, कानुनले गर्न नमिल्ने काम पनि आफ्नो स्वार्थका लागि गर्ने गरेको, बिचौलिया र माफियाको निर्देशनअनुसार चल्ने गरेको भन्दै उनीहरूको कामका कारण मुलुकमा कुशासन र बेथिति बढेको गुनासो अख्तियारसमक्ष पुगेको थियो । लगातार यस्ता गुनासाहरू आएपछि अख्तियारले सचिव र महानिर्देशकलाई बोलाएर सचेत पार्दै आगामी दिनमा सुशासन कायम गर्ने गरी काम गर्न विशेष निर्देशन दिएको हो ।
दुई दिनको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सचिव तथा महानिर्देशकहरू आफैं सुशासन कायम गर्ने विषयमा उदासीन बन्नु दुःखद् रहेको बताउँदै आगामी दिनमा सच्चिएर अघि बढ्न निर्देशन दिनुभएको थियो । प्रमुख आयुक्त राईले कानुनले जे काम गर्नुभनेको छ त्यही काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै सचिवप्रति रोष प्रकट गर्नुभएको थियो । विकास निर्माणमा किन बेवास्ता रु सुशासन कायम गर्ने विषयमा किन उदासीनता भन्दै प्रमुख आयुक्त राईले सचिवहरूलाई प्रश्न गर्नुभएको थियो । प्रमुख आयुक्त राईले सचिव तथा महानिर्देशकहरूलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पछिल्ला समयमा विभिन्नखाले नीतिगत भ्रष्टाचारमा सचिवहरूको संलग्नता रहने गरेको, अधिकांश सचिवहरूको उठबस बिचौलिया र माफियासँग बढी हुने गरेको, मन्त्रीले दिने गलत निर्देशनलाई एसम्यान बन्दै पालना गर्ने गरेको, जनताको काममा खासै ध्यान नदिने गरेको, आफ्नै स्वार्थमा बढी दौडिने गरेकोलगायतका आरोप सरकारका सचिवहरूमाथि लाग्दै आइरहेको छ ।
सचिवहरू मन्त्रीको मुख्य सल्लाहकारको भूमिकामा रहनुपर्नेमा मन्त्रीका कारिन्दाजस्तो बन्ने गर्दा पनि कुशासन मौलाउन पुगेको गुनासाहरूसमेत आउन थालेको भन्दै अख्तियारले सचिवहरूलाई त्यस्तो प्रवृत्ति अन्त्य गर्न सुझाएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सचिवहरूले विगत एक वर्षमा गरेका कार्यहरूको विवरण पेस गरे पनि उनीहरूले पेस गरेको कार्यविवरणबाट अख्तियार सन्तुष्ट हुन सकेको थिएन ।
‘सचिवहरूले पेस गरेको कार्य प्रगति विवरण औपचारिकतामा मात्रै सीमित थियो, केही अपवाद छोडेर अधिकांश सचिवहरूले झारा टार्ने किसिमले कार्यविवरण पेस गरेका थिए’ –अख्तियार स्रोतले सञ्चारमाध्यमलाई भन्यो । अख्तियारले कतिपय सरकारी अधिकारीहरूमा कमिसन मोह देखिएको भन्दै त्यस्तो कार्य दण्डनीय हुने भएकाले छोड्न आग्रह गरेको थियो ।
स्रोतका अनुसार कैयौं सचिव र महानिर्देशकहरूका विरुद्धमा अख्तियारमा उजुरीहरूसमेत परेका छन् । विशेष गरी विकासे मन्त्रालय र सेवा प्रवाह तथा ठेक्का पट्टा सञ्चालन गर्ने मन्त्रालय र विभागको नेतृत्वको साँठगाँठ बिचौलिया तथा माफियासँग हुने गरेको भन्दै उनीहरूमाथि छानबिन गर्न अख्तियारमा विभिन्न खाले उजुरीहरू समेत पर्दै आएका छन् ।
राजस्व छली गर्ने पक्षसँग सरकारकै अधिकारीहरूको उठबस हुने गरेको भन्दै त्यस्ता अधिकारीहरूविरुद्धसमेत छानबिन गर्न अख्तियार माथि दबाब पर्दै आइरहेको छ । अख्तियारले समेत यो विषयलाई गम्भीरतापूर्वक लिइएको जनाएको छ । अख्तियारका प्रवक्ता भोला दाहालले अख्तियारले सचिव र महानिर्देशकलाई बोलाएर सुशासन कायम गर्न र सेवा प्रवाह प्रभावकारी बनाउन दिएको निर्देशनको कार्यान्वयन भए नभएको बारेमा आवश्यक अनुगमन गरिने जानकारी दिनुभयो ।
‘विगतमा दिइएका सुझावको कार्यान्वयनको अवस्था हेर्दा त्यति सन्तोष गर्ने ठाउँ छैन, अब भने सशक्त कार्यान्वयन हुने विश्वास अख्तियारले गरेको छ’ –प्रवक्ता दाहालले भन्नुभयो । सचिवहरूले पनि सेवा प्रवाह दिँदा तथा सुशासन कायम गर्ने विषयमा भोग्नुपरेका केही समस्याका बारेमा अख्तियारलाई जानकारी गराएका थिए । अख्तियारले कानुनअनुसार काम गर्दा कसैसँग डरत्रास राख्न नपर्ने भन्दै सचिवहरूलाई कानुनको पालनामा गम्भीर बन्न बारम्बार आग्रह गरेको थियो ।
सचिव र महानिर्देशकलाई अख्तियारको निर्देशन
–मन्त्रीको एसम्यान नबन
–नीतिगत भ्रष्टाचारमा साथ नदेऊ
–प्रचलित कानुनको परिधिमा रहेर काम गर
–बिचौलिया र माफियासँगको साँठगाठ तोड
–सुशासन कायम गर्न दत्तचित्त होऊ
–वित्तीय उत्तरदायित्व बहन गर
–कमिसन मोह त्याग
–सार्वजनिक खरिदलाई पारदर्शी बनाऊ
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












