भारतबाट सयपत्री फूल आयात सम्बन्धमा दुई सरकारी संस्थामा अन्यौल
काठमाडौँ । हालै, सरकारले फूल आयातमा रोक लगाएको समाचार भाइरल भयो । किसान तथा फूल व्यवसायीले सरकारको प्रशंसा गरे तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका दुई निकायमा आयातमा रोक लगाउने या नलगाउनेमा अन्यौल देखिएको छ । पुष्प विकास केन्द्रले भारतबाट फूल आयातका लागि सिफारिस नगर्ने भनी सूचना जारी गरेको छ भने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सबै प्रक्रिया पुरा गरेर आए आयात गर्न दिने भनेको छ ।
पुष्प विकास केन्द्रले सिफारिस गरे पनि नगरे पनि फूल आयातमा कुनै फरक नपर्ने प्लान्ट क्वारेन्टाइनले जनाएको छ । प्लान्ट क्वारेन्टाइनले फूल आयात गर्नका लागि इजाजत दिने हो । पुष्प विकास केन्द्रले सिफारिस नगरे पनि प्लान्ट क्वारेन्टाइनले इजाजत दिएपछि फूल आयात गर्न सकिन्छ । प्लान्ट क्वारेन्टाइनले हालसम्म इजाजत दिने कार्यलाई रोकेको छैन । भारतबाट ल्याउने सयपत्री फूलका लागि सबै प्रक्रिया पुरा गरेर ल्याएमा इजाजत दिन सकिने क्वारेन्टाइनका वरिष्ठ बाली संरक्षक अधिकृत महेशचन्द्र आचार्यले बताए ।
सयपत्री फूलमा लाग्ने कतिपय किरा तथा रोग नेपालमा देखिएको छैन, त्यही भएर त्यसको जाँचबुझमा कडाई गरिएको छ । यदि भारतबाट सत्रपत्री फूल स्वास्थ्य र निरोगी रहेको प्रमाणपत्र ल्याएर आए यताबाट आयात गर्न इजाजत दिइने उनले बताए । फूल आयात गर्न सिफारिस गर्ने अधिकार पुष्प विकास केन्द्रलाई छैन । उसले फूलको बीउ तथा बिरुवाका लागि मात्र सिफारिस गर्न सक्छ भन्दै अधिकृत आचार्यले फूल आयातका लागि सिफारिस नगर्ने भनी पुष्प विकास केन्द्रले त्यसरी सूचना नै जारी गर्न नमिल्ने बताए ।
सबै मापदण्ड पुरा गरेर आउनेलाई आयातमा रोक लगाउन नमिल्ने उनको भनाई छ । तर, पुष्प व्यवसायी केन्द्रले कात्तिक १२ गते जारी गरेको सूचनामा भनिएको छ, ‘ तिहारमा अत्याधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गरेको तथा हिउँदको समयमा मौसमको प्रतिकूलताको कारण उत्पादनमा कमी हुने कारण भारतीय सयपत्री मालाको आयात गर्नु परिरहेको अवस्थामा यस वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा २०८० कार्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मको लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’
इजाजतपत्र बेगर आयात गरिएका बस्तु अवैध हुने उल्लेख गर्दै पुष्प विकास केन्द्रले यस वर्ष सरकारी तथा निजी संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिने भएको र अवैध सामग्री भेटिएमा कानूनबमोजिम जफत तथा दण्ड सजाय गर्ने सूचनामा उल्लेख छ । पुष्प विकास केन्द्रले बिरुवा तथा वनस्पतिसम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट प्रवेश अनुमति लिनुपर्छ तथा तथा पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसको आधारमा मात्र प्रवेश इजाजतपत्र जारी गर्ने व्यवस्था रहेको दाबी गरेको छ ।
सयपत्री फूल नेपालमै पर्याप्त उत्पादन भएको कारण भारतबाट हुने आयातलाई रोक्ने सरकारको नीति यहाँ फेल खाने देखिएको छ । कसले सिफारिस गर्दा रोकिने, कसले सिफारिस दिँदा आयात हुने व्यवस्था नै अन्यौलमा देखिन्छ । त्यसैको फाइदा उठाउँदै व्यपारीहरुलाई भारतबाट सयपत्री फूल आयात गर्न कुनै समस्या नहुने देखिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












