भारतबाट सयपत्री फूल आयात सम्बन्धमा दुई सरकारी संस्थामा अन्यौल
काठमाडौँ । हालै, सरकारले फूल आयातमा रोक लगाएको समाचार भाइरल भयो । किसान तथा फूल व्यवसायीले सरकारको प्रशंसा गरे तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका दुई निकायमा आयातमा रोक लगाउने या नलगाउनेमा अन्यौल देखिएको छ । पुष्प विकास केन्द्रले भारतबाट फूल आयातका लागि सिफारिस नगर्ने भनी सूचना जारी गरेको छ भने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सबै प्रक्रिया पुरा गरेर आए आयात गर्न दिने भनेको छ ।
पुष्प विकास केन्द्रले सिफारिस गरे पनि नगरे पनि फूल आयातमा कुनै फरक नपर्ने प्लान्ट क्वारेन्टाइनले जनाएको छ । प्लान्ट क्वारेन्टाइनले फूल आयात गर्नका लागि इजाजत दिने हो । पुष्प विकास केन्द्रले सिफारिस नगरे पनि प्लान्ट क्वारेन्टाइनले इजाजत दिएपछि फूल आयात गर्न सकिन्छ । प्लान्ट क्वारेन्टाइनले हालसम्म इजाजत दिने कार्यलाई रोकेको छैन । भारतबाट ल्याउने सयपत्री फूलका लागि सबै प्रक्रिया पुरा गरेर ल्याएमा इजाजत दिन सकिने क्वारेन्टाइनका वरिष्ठ बाली संरक्षक अधिकृत महेशचन्द्र आचार्यले बताए ।
सयपत्री फूलमा लाग्ने कतिपय किरा तथा रोग नेपालमा देखिएको छैन, त्यही भएर त्यसको जाँचबुझमा कडाई गरिएको छ । यदि भारतबाट सत्रपत्री फूल स्वास्थ्य र निरोगी रहेको प्रमाणपत्र ल्याएर आए यताबाट आयात गर्न इजाजत दिइने उनले बताए । फूल आयात गर्न सिफारिस गर्ने अधिकार पुष्प विकास केन्द्रलाई छैन । उसले फूलको बीउ तथा बिरुवाका लागि मात्र सिफारिस गर्न सक्छ भन्दै अधिकृत आचार्यले फूल आयातका लागि सिफारिस नगर्ने भनी पुष्प विकास केन्द्रले त्यसरी सूचना नै जारी गर्न नमिल्ने बताए ।
सबै मापदण्ड पुरा गरेर आउनेलाई आयातमा रोक लगाउन नमिल्ने उनको भनाई छ । तर, पुष्प व्यवसायी केन्द्रले कात्तिक १२ गते जारी गरेको सूचनामा भनिएको छ, ‘ तिहारमा अत्याधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गरेको तथा हिउँदको समयमा मौसमको प्रतिकूलताको कारण उत्पादनमा कमी हुने कारण भारतीय सयपत्री मालाको आयात गर्नु परिरहेको अवस्थामा यस वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा २०८० कार्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मको लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’
इजाजतपत्र बेगर आयात गरिएका बस्तु अवैध हुने उल्लेख गर्दै पुष्प विकास केन्द्रले यस वर्ष सरकारी तथा निजी संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिने भएको र अवैध सामग्री भेटिएमा कानूनबमोजिम जफत तथा दण्ड सजाय गर्ने सूचनामा उल्लेख छ । पुष्प विकास केन्द्रले बिरुवा तथा वनस्पतिसम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट प्रवेश अनुमति लिनुपर्छ तथा तथा पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसको आधारमा मात्र प्रवेश इजाजतपत्र जारी गर्ने व्यवस्था रहेको दाबी गरेको छ ।
सयपत्री फूल नेपालमै पर्याप्त उत्पादन भएको कारण भारतबाट हुने आयातलाई रोक्ने सरकारको नीति यहाँ फेल खाने देखिएको छ । कसले सिफारिस गर्दा रोकिने, कसले सिफारिस दिँदा आयात हुने व्यवस्था नै अन्यौलमा देखिन्छ । त्यसैको फाइदा उठाउँदै व्यपारीहरुलाई भारतबाट सयपत्री फूल आयात गर्न कुनै समस्या नहुने देखिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












