सुनचाँदीको कारोबार बढ्यो, तीन महिनामा भित्रियो आठ अर्बको सुन
काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुईरतीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिनुभयो । आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उहाँले जानकारी दिनुभयो । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ । तिहार आउनै लाग्दा धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ ।
गत वर्ष २५ देखि ३० किलो सुनको कारोबार हुने गरेकामा हाल आर्थिक मन्दीका कारण समग्र व्यापारमा गिरावट आएको उहाँको भनाइ छ । तिहार नजिकिँदै गर्दा न्युरोडका सुनचाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिडभाड लाग्ने गरेको छ । उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।
तिहारलाई सुनभन्दा चाँदी धेरै खपत हुने चाडका रूपमा लिइन्छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामग्री किन्ने गर्छन् । सोही कारण पछिल्लो समय दैनिक छ सय किलो धेरै चाँदी बिक्न थालेको महासङ्घको भनाइ छ । बजारमा सुनको मूल्य प्रतितोला एक लाख १४ हजार रुपियाँ रहेको छ । गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको थियो । गत कात्तिक १२ मा प्रतितोला एक लाख १७ हजार रुपियाँ पुगेको सुनको मूल्य गत सातादेखि क्रमिक रूपमा घट्दै गएको छ । यस्तै चाँदी प्रतितोला एक हजार ३८५ रुपियाँ रहेको छ ।
तीन महिनामा आठ अर्बको सुन भित्रियो
चालू आर्थिक वर्ष २०८०र८१ को तीन महिनाको अवधिमा सात अर्ब रुपियाँभन्दा धेरैको सुन भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा सात अर्ब ९६ करोड २० लाख २४ हजार रुपियाँ बराबरको सुन आयात भएको छ ।
गत आवमा ११ अर्ब ५७ करोड ७७ लाख आठ हजार रुपियाँ सुन आयात भएको थियो । गत वर्षको तुलनामा सुन आयात ३१ प्रतिशत कमी आएको विभागको तथ्याङ्क छ । यस्तै तीन महिनामा नौ करोड ९७ लाख रुपियाँ बराबरको चाँदी भित्रिएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











