अस्पताल निर्माण गर्न जग्गा दान
काठमाडौं । ‘एउटा स्थानीय तह, एउटा अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा देवीजङ्ग गुरुङले जग्गा दान गर्नुभएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उहाँले जग्गा दान गर्नुभएको हो ।
नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि पालिकालाई दिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार छ रोपनी ११ आना जग्गामध्ये पाँच रोपनी अस्पताल निर्माण गर्न पालिकालाई दान गरिएको छ ।
मनाङमा जन्मिएर अमेरिकामा बस्दै आउनुभएका डा गुरुङले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार करिब रु ७५ लाख पर्छ । गाउँपालिकाले पाँच श्ययाको अस्पताल निर्माण गर्ने योजना बनाएको छ । तर जग्गा अभावका कारण हालसम्म अस्पताल निर्माण गर्न सकिएको थिएन ।
हिमालयन फ्यामली हेल्थ केयरका संस्थापक तथा कार्यकारी निर्देशकसमेत रहेका डा गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मिल्ने खालको काम पालिकाले गर्न लागेपछि जग्गा उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेका हौँ । तर, निर्माण गरिएको थिएन । अहिले पालिकाको उद्देश्य र हाम्रो एउटै रहेकाले अस्पताल बनाउन जग्गा दिएका हौँ ।’
अस्पताल निर्माण भएपछि नासो गाउँपालिकावासीलाई स्वास्थ्योपचारमा सहज हुनेछ । सामान्य उपचारका लागि पनि स्थानीयवासी सदरमुकाम वा छिमेकी जिल्लाको अस्पताल पुग्नुपर्ने अवस्था छ । पालिकाले एक विशेषज्ञ चिकित्सक रहने गरी अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष गुरुङले जग्गा निःशुल्क उपलब्ध भएकाले अब अस्पताल निर्माणको प्रक्रिया थाल्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












