चारदेशीय महिला टी–२० सिरिजका लागि नेपाली टोली घोषणा,कप्तानको जिम्मेवारी इन्दु वर्मालाई
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० सिरिजका लागि आज १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको छ।
नेपाली टिमको कप्तानको जिम्मेवारी अलराउन्डर इन्दू बर्माले पाएकी छिन्। यस्तै विन्दू रावललाई उपकप्तान तोकिएको छ।
नियमित कप्तान रुबिना क्षेत्रीले टी–२० सिरिजअघि हङकङमै वुमन्स अल स्टार्स टी–२० सिरिज खेल्दैछिन्। सिरिजमा अलराउन्डर सीता रानामगरले पनि प्रतिस्पर्धा गर्नेछिन्। दुवै खेलाडी बिहीबार हङकङ प्रस्थान गरेका छन् भने सिरिज खेलेपछि नेपाली टिममा समावेश हुनेछन्।
नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो।
प्रतियोगिता आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया छन्। नेपालले पहिलो खेल कात्तिक २९ मा तान्जानियासँग खेल्नेछ। दोस्रो खेल कात्तिक ३० मा हङकङ र समूहको अन्तिम खेल जापान मंसिर २ मा हुनेछ। शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
नेपाली टिम
इन्दू बर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमू बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











