झापाका एक सुन व्यवसायी एक अर्ब रुपियाँ ठगेर बेपत्ता
बिर्तामोड, कात्तिक २६ गते । लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् ।
सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीदेखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईसम्म ठगीमा पर्नुभएको छ ।
जनप्रतिनिधि हुनुभन्दा अघिदेखि कारोबार गर्दैआएकाले आफूहरु ठगिएको जनप्रतिनिधिको गुनासो छ । नवराज बिमली कात्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारसहित बेपत्ता भएको पीडितको गुनासो छ । उनीहरुबाट पीडित हुनेहरुले हालसम्म ७० हजार रुपियाँदेखि १ करोड १३ लाखसम्म ।ठगिएको बताएका छन् ।
सबै जनाले आफूहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्ड कार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । आफूहरु ठगिएको भन्दै हेमु बिमलीपीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन् ।
झापा गाउँपालिका वडानम्बर ६ का पूर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजबिन समिति गठन गरिएको छ । हालसम्म आधिकारिक रुपमा २७ करोड रुपियाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताउनुभयो ।
यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले भने बिमली दसैंलगत्तै सम्पर्क बाहिर रहेकाले उनको खोजबिनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताउनुभयो । यसअघि झापा गौरादहमा समेत अर्का एक सुनचाँदी व्यवसायी सर्वसाधारणको करोडौ रुपियाँ ठगी गरेर फरार भएका थिए । हाल उनीहरु दम्पती नै झापा जिल्ला कारागारमा छन् ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












