झापाका एक सुन व्यवसायी एक अर्ब रुपियाँ ठगेर बेपत्ता
बिर्तामोड, कात्तिक २६ गते । लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् ।
सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीदेखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईसम्म ठगीमा पर्नुभएको छ ।
जनप्रतिनिधि हुनुभन्दा अघिदेखि कारोबार गर्दैआएकाले आफूहरु ठगिएको जनप्रतिनिधिको गुनासो छ । नवराज बिमली कात्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारसहित बेपत्ता भएको पीडितको गुनासो छ । उनीहरुबाट पीडित हुनेहरुले हालसम्म ७० हजार रुपियाँदेखि १ करोड १३ लाखसम्म ।ठगिएको बताएका छन् ।
सबै जनाले आफूहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्ड कार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । आफूहरु ठगिएको भन्दै हेमु बिमलीपीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन् ।
झापा गाउँपालिका वडानम्बर ६ का पूर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजबिन समिति गठन गरिएको छ । हालसम्म आधिकारिक रुपमा २७ करोड रुपियाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताउनुभयो ।
यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले भने बिमली दसैंलगत्तै सम्पर्क बाहिर रहेकाले उनको खोजबिनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताउनुभयो । यसअघि झापा गौरादहमा समेत अर्का एक सुनचाँदी व्यवसायी सर्वसाधारणको करोडौ रुपियाँ ठगी गरेर फरार भएका थिए । हाल उनीहरु दम्पती नै झापा जिल्ला कारागारमा छन् ।
Comments
अरु समाचार
-
विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई...
-
एनसेल शेयर खरिदबिक्री प्रकरणः पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक...
-
एमालेको “मध्यपहाडी सङ्कल्प यात्रा” आज पर्वतमा
काठमाडाैँ । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्दै भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु...
-
उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार बसेको...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । दक्षिण...
-
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको...
-
इंग्लिस प्रिमियर लिगः फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको...
-
आजको राशिफल: २०८० मंसिर २१ गते बिहीवार
मेषःआफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।...
-
एनसेल प्रकरणमा आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं । एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर...