देशका विभिन्न ठाउँबाट जुवातास खेल्ने ९० जना पक्राउ, कुन जिल्लाबाट कति ?
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँमा ९० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरबाट ४२ जना, काठमाडौंबाट १७ जना, डडेलधुराबाट १३ जना, दार्चुला र संखुवासभाबाट सात–सात जना र सिन्धुलीबाट ४ जना गरेर जम्मा ९० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथी आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ९डीआईजीपी० कुवेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–१७ बाँसखेडाका भिमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ का ४० वर्षका ईन्द्र पाठकसहित २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ५८ हजार ६ सय ९४ रूपैयाँ र तास २०८ पत्तीसहित पक्राउ गरेको हो ।
यसैगरी सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१४ का ३८ वर्षका दिनेश खत्रीसहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार चार सय ६० रूपैयाँ र तास गड्डी पाँच थानसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षका रामबहादुर रानासहित आठ जनालाई मंगलबार बिहान नै प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० रुपैयाँ र तास एक गड्डीसहित पक्राउ गरेको हो ।
काठमाडौं, शंखरापुर नगरपालिका–एक नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगालसहित आठ जनालाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार आठ सय ३५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–एक ढुङ्गाना गाउँ बस्ने ४२ वर्षका मधु रिमालसहित नौ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार आठ सय ५५ रुपैया र एक बुक ताससहित पक्राउ गरेको हो ।
डडेल्धुरा, अमरगढी नगरपालिका–एक मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षका ओमप्रकाश जोशीसहित १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार तीन सय ७९ रुपैयाँ र तास दुई सय ५२ पत्तासहित पक्राउ गरेको हो ।
यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका–६ खाल्टेका ५० वर्षका रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार सात सय ६० रुपैयाँ, एक गड्डी तास र ३३ वटा कौडासहित पक्राउ गरेको हो ।
दार्चुला, महाकाली नगरपालिका–५ गल्फैका ३२ वर्षका केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत सात जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार तीन सय रुपैयाँ र तासको गड्डी ६ थानसहित पक्राउ गरेको हो ।
यस्तै संखुवासभा, चैनपुर नगरपालिका–३ तिनखोप्रेका ३६ वर्षका हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ५१ वर्षका प्रेमबहादुर कटुवालसहित लगायत सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार तीन सय २५ रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












