पाटन अस्पताल बिरामी मृत्यु प्रकरण : दुई हप्तासम्म आएन रिपोर्ट
काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको परीक्षणको दुई हप्तासम्म नतिजा आउन सकेको छैन ।
१८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुइमार्फत औषधि दिएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो । चिकित्सकहरुले उनीहरुलाई सेफ्ट्रिक्याक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) दिएका थिए ।
बिरामीको मृत्युको विरोध भएपछि १९ कात्तिकमा जिल्ला प्रशासन कार्यालयको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच भएको छलफलमा औषधिको परीक्षण र शवको पोस्टमार्टम गर्ने सहमति भएको थियो । औषधिको परीक्षण औषधि व्यवस्था विभागमा र पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
पाटन अस्पतालका मेडिसिन विभागका प्रमुख प्रा.डा.युवराज शर्माका अनुसार दुबै ठाउँबाट फाइनल रिपोर्ट आइपुगेको छैन । केमिकल एनालाइसिस र शरीरका सबै अंग काटेर हेर्नुपर्ने भएकाले रिपोर्ट आउन ढिला भएको उनले बताए । बाहिरी अंगको रिपोर्टमा भने निमोनिया तथा कलेजोले काम नगरेकाले मृत्यु भएको उल्लेख छ ।
‘सामान्य पोस्टमार्टम रिपोर्टमा निमोनियाको साथसाथै कलेजोमा समस्या देखिएको आएको छ । तर, औषधिको कारणले भएको हो कि होइन भन्ने गहिरो रिपोर्ट आउन बाँकी नै छ’ डा. शर्माले भने, ‘हामीले फलोअप गरिरहेका छौं । चाडै दिन अनुरोध गरिरहेका छौं ।’
औषधि व्यवस्था विभागले औषधिको परीक्षण भइरहेको बताएको छ । विभागका एक उच्च अधिकारीका अनुसार रिपोर्ट आउन अझै केही दिन लाग्छ । ‘हामीले औषधिको गुणस्तर हेर्नका लागि दुई–तीन वटा कुरालाई परीक्षण गर्छौं । फर्माकोपिया प्यारामिटरभित्र रहेर औषधिको गुणस्तर हेर्नुपर्ने हुन्छ’, ती अधिकारीले भने, ‘यो छोटो समयमा सामान्य तरिकाले हुने होइन । जसका लागि विभिन्न प्रक्रिया, विधि पुर्याउनुपर्ने हुन्छ ।’
पाटन अस्पतालका चिकित्सकहरु भने बिरामीको मृत्यु हुनुमा सुइमार्फत दिइएको औषधि मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताएका छन् । ‘उहाँहरुलाई त्यही निमोनिया सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो’, डा.शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेका उहाँहरु सँगसँगै बित्नुभयो । तर, त्यो संयोग हुनसक्छ ।’
उनका अनुसार सेफ्ट्रियाक्सोन एन्टिबायोटिक औषधि उनीहरुजस्तै स्वास्थ्य समस्या भएका धेरै बिरामीलाई दैनिक रुपमा दिने गरिन्छ । ‘हामीले नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि हो । जुन हरेक अस्पतालमा एक नम्बरमा प्रयोग हुने औषधि हो’, डा.शर्माले भने, ‘औषधिको गुणस्तरीयता हेर्छौं । अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेका छौं ।’ बिरामीमा उमेरसँगै (अन्य कारण) कहिलेकाहीँ रगतको ढिक्का उछिट्टिएर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा. शर्माको अनुमान छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












