पाटन अस्पताल बिरामी मृत्यु प्रकरण : दुई हप्तासम्म आएन रिपोर्ट
काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको परीक्षणको दुई हप्तासम्म नतिजा आउन सकेको छैन ।
१८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुइमार्फत औषधि दिएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो । चिकित्सकहरुले उनीहरुलाई सेफ्ट्रिक्याक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) दिएका थिए ।
बिरामीको मृत्युको विरोध भएपछि १९ कात्तिकमा जिल्ला प्रशासन कार्यालयको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच भएको छलफलमा औषधिको परीक्षण र शवको पोस्टमार्टम गर्ने सहमति भएको थियो । औषधिको परीक्षण औषधि व्यवस्था विभागमा र पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
पाटन अस्पतालका मेडिसिन विभागका प्रमुख प्रा.डा.युवराज शर्माका अनुसार दुबै ठाउँबाट फाइनल रिपोर्ट आइपुगेको छैन । केमिकल एनालाइसिस र शरीरका सबै अंग काटेर हेर्नुपर्ने भएकाले रिपोर्ट आउन ढिला भएको उनले बताए । बाहिरी अंगको रिपोर्टमा भने निमोनिया तथा कलेजोले काम नगरेकाले मृत्यु भएको उल्लेख छ ।
‘सामान्य पोस्टमार्टम रिपोर्टमा निमोनियाको साथसाथै कलेजोमा समस्या देखिएको आएको छ । तर, औषधिको कारणले भएको हो कि होइन भन्ने गहिरो रिपोर्ट आउन बाँकी नै छ’ डा. शर्माले भने, ‘हामीले फलोअप गरिरहेका छौं । चाडै दिन अनुरोध गरिरहेका छौं ।’
औषधि व्यवस्था विभागले औषधिको परीक्षण भइरहेको बताएको छ । विभागका एक उच्च अधिकारीका अनुसार रिपोर्ट आउन अझै केही दिन लाग्छ । ‘हामीले औषधिको गुणस्तर हेर्नका लागि दुई–तीन वटा कुरालाई परीक्षण गर्छौं । फर्माकोपिया प्यारामिटरभित्र रहेर औषधिको गुणस्तर हेर्नुपर्ने हुन्छ’, ती अधिकारीले भने, ‘यो छोटो समयमा सामान्य तरिकाले हुने होइन । जसका लागि विभिन्न प्रक्रिया, विधि पुर्याउनुपर्ने हुन्छ ।’
पाटन अस्पतालका चिकित्सकहरु भने बिरामीको मृत्यु हुनुमा सुइमार्फत दिइएको औषधि मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताएका छन् । ‘उहाँहरुलाई त्यही निमोनिया सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो’, डा.शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेका उहाँहरु सँगसँगै बित्नुभयो । तर, त्यो संयोग हुनसक्छ ।’
उनका अनुसार सेफ्ट्रियाक्सोन एन्टिबायोटिक औषधि उनीहरुजस्तै स्वास्थ्य समस्या भएका धेरै बिरामीलाई दैनिक रुपमा दिने गरिन्छ । ‘हामीले नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि हो । जुन हरेक अस्पतालमा एक नम्बरमा प्रयोग हुने औषधि हो’, डा.शर्माले भने, ‘औषधिको गुणस्तरीयता हेर्छौं । अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेका छौं ।’ बिरामीमा उमेरसँगै (अन्य कारण) कहिलेकाहीँ रगतको ढिक्का उछिट्टिएर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा. शर्माको अनुमान छ ।
Comments
अरु समाचार
-
रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ। महोत्तरीको जलेश्वरमा बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा...
-
‘केपी ओली’ कप राष्ट्रिय क्रिकेट : बागमती प्रदेश सेमिफाइनल प्रवेश
काठमाडौं । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लगातार...
-
भोलि काठमाडौंको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भोलि काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायलाई...
-
एमालेको संकल्प यात्रा कार्ययोजना पारित,अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने
काठमाडौं । नेकपा एमालेले १४ मंसिरबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ...
-
माइतीघर मण्डलामा आजदेखि निशेधाज्ञा जारि
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा आजदेखि निशेधाज्ञा जारि गेरेको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी...
-
दुर्गा प्रसाईँ र युवा संघले माइतीघरमा कार्यक्रम गर्न नपाउने
काठमाडौँ । मङ्सिर ७ मा दुर्गा प्रसाईँको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय...
-
छठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्री दाहालको विश्वास
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन सबैलाई...
-
चितवनमा निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारे, निकुञ्ज बेखबर
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको भेटिएको छ । निकुञ्जको चपरचुली पोष्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वी...
-
देशका विभिन्न ठाउँबाट जुवातास खेल्ने ९० जना पक्राउ, कुन जिल्लाबाट कति ?
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँमा ९० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै...