युवा संघ र दुर्गा प्रसाईंकाे शक्ति प्रदर्शन आज ,काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध
काठमाडाैँ । नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईंकाे नेतृत्वमा रहेकाे अभियानले आज काठमाडाैंका छुट्टाछुट्टै स्थानमा परस्परविराेधी शक्ति प्रदर्शन गर्दैछन् ।
प्रसाईंकाे नेतृत्वकाे कार्यक्रम बल्खुमा हुँदैछ भने युवा संघले काठमाडाैंकाे तीनकुनेमा प्रदर्शन गर्दैछ ।
दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि रणभूमि हुन नदिन प्रशासनले अलग–अलग स्थान ताेकिदिएकाे हाे । प्रसाईं नेतृत्वकाे अभियानले ७ मंसिरमा काठमाडाैंमा प्रदर्शन गर्ने घाेषणा गरेपछि एमालेले त्यसकाे प्रतिवादमा आफ्नाे प्रदर्शन जुधाएकाे हाे ।
मुलुककाे दाेस्राे ठूलाे दल एउटा व्यक्तिकाे प्रतिवादमा उत्रेकाे भन्दै एमालेकाे आलाेचना भइरहेकाे छ ।
सुरक्षा व्यवस्था कडा
युवा संग र दुर्गा प्रसाईंकाे आन्दाेलनका कारण काठमाडाैंकाे सुरक्षा व्यवस्था कडा पारिएकाे काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए । उनका अनुसार तीनवटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाएर लागू गरिसकेका छन् ।
‘काठमाडौंमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ,’ उनले भने, ‘यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना र त्यसको परिचालनका लागि हाम्रा जनशक्ति लगायत हामीले यो कार्यक्रमबाट यसका असरहरू के के हुनसक्छन् भन्ने कुरालाई मध्यनजर गरी सुरक्षा याेजना लागू गरिसकेका छाैँ’, उनले भने ।
विरोध प्रदर्शनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको उनको भनाइ छ । आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको खत्रीले बताए ।
नागरिकलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन खत्रीले आग्रह गरे । यातायातको आवागमनमा भने केही समस्या भए पनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने उनको भनाइ छ ।
‘कुनै पनि संशयबिना ढुक्क भएर काम गर्नुहोस् । प्रहरी परिचालनकाे तयारी हामीले प्रभावकारी रूपमा गरेका छौँ,’ उनले भने, ‘कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ ।’
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












