मुलुकको समृद्धि र जनताको खुसीका निम्ति एमालेको हातमा मुलुकको बागडोर आउनुपर्छ: उपाध्यक्ष पौडेल
काठमाडौँ । मध्य पहाडी लोक मार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई प्रभावकारी बनाइ जनतासँग जोडिने अभियानमा एमाले लागेको छ ।
बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भन्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरू लागिपरेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रीय कमिटी, पोलिटब्युरोका सदस्यहरूका साथै जनसङ्गठनका नेताकार्यकर्ताहरू रहनेछन् ।
यस यात्रालाई नेकपा एमालेले सङ्कल्पको यात्राका रूपमा लिएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए । उनले नेकपा एमाले बाहेकका राजनीतिक दलहरूले मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डो¥याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैनन् भन्ने कुरा स्पष्ट भइसकेको बताए । मुलुकको समृद्धि र जनताको खुसीका निम्ति नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्ने उनको भनाइ छ । उपाध्यक्ष पौडेलले नेकपा एमालेको नेतृत्वमा मध्य पहाडी लोक मार्गमा सुरु भएका विकासका कामहरू सरकार परिवर्तन भएसँगै अलपत्र परेकाले ती विकासका आयोजनाहरू पनि प्रभावकारी रूपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए ।
उनले पुष्पलाल राजमार्ग (लोकमार्ग) को परिकल्पनाकार नेकपा एमाले भएकाले यस क्षेत्रमा पूर्वाधारको निर्माणसँगै हुने विकास क्रममा महत्त्वपूर्ण योगदान पुग्ने गरी अभियान सञ्चालन गर्न लागेको बताए । उनले नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्ने र मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्न सक्छ भन्ने सन्देश एमालेले यस अभियानअन्तर्गन दिन खोजेको बताए ।
स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी एमालेले अभियान अघि बढाउने उनले बताए । पौडेलका अनुसार मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाइसराइ, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसाबले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्नेछ ।
उपाध्यक्ष पौडेलले एमालेले जनताको हित र राष्ट्रको हितलाई हेरेर अभियान सञ्चालन गर्ने बताए । उनले जनतासँगको पार्टीको सम्बन्ध कमजोर नहोस् भन्ने ध्यानमा राखेर आफूहरूले अभियान सञ्चालन गर्न लागेको बताए । जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत स्थापित गर्ने हिसाबले एमाले अघि बढिरहेको उनले बताए ।
नेकपा एमालेको विरुद्धमा गरिएको घेराबन्दीको कोसिसलाई जनताको साथ, समर्थन र जनताको सङ्गठित शक्तिको बलमा हाम्राबिरुद्धको घेराबन्दी, प्रहारलाई नाकाम बनाउने उनको भनाइ छ । उपाध्यक्ष पौडेलले २०८४ सालको निर्वाचन स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नेकपा एमालेको नेतृत्वमा तीन तहकै सरकार निर्माण नभएसम्म यो यात्रा निरन्तर अघि बढ्ने र सरकार निर्माणपछिका दिनमा नेतृत्वसहितको देश विकासको महाअभियान हुने बताए ।
उपाध्यक्ष पौडेलले यो अभियान मिसन २०८४ को एउटा अभियानका रूपमा रहेको बताए । ०८४ को निर्वाचन नतिजालाई अनुकूल बनाउनका लागि अभियानले सहयोग पुग्ने उनको भनाइ छ । उनले माले जनतासँग जोडिने, जनताका समस्या सुन्ने बुझ्ने, विकासका आवश्यकता,चाहनाहरूलाई ठिक ढङ्गले सुदृढ गर्ने र देशको विकासको जनताका समस्या समाधानको नायक नेकपा एमाले हो भन्ने कुरालाई अझ उचाइबाट स्थापित गर्ने उद्देश्य अभियानको रहेको बताए ।
उपाध्यक्ष पौडेलले एमालेका नेतृत्व तह जहाँ भए पनि राष्ट्रिय राजनीतिको मामिलामा बेखबर नहुने बताए । उनले राजधानीमा एमाले हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा एमालेको दखललाई प्रभावित गर्न नसक्ने बताए । उपाध्यक्ष पौडेलले देश र जनताको समृद्धि नै यात्राको मुख्य उद्देश्य भएको बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












