मुलुकको समृद्धि र जनताको खुसीका निम्ति एमालेको हातमा मुलुकको बागडोर आउनुपर्छ: उपाध्यक्ष पौडेल
काठमाडौँ । मध्य पहाडी लोक मार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई प्रभावकारी बनाइ जनतासँग जोडिने अभियानमा एमाले लागेको छ ।
बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भन्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरू लागिपरेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रीय कमिटी, पोलिटब्युरोका सदस्यहरूका साथै जनसङ्गठनका नेताकार्यकर्ताहरू रहनेछन् ।
यस यात्रालाई नेकपा एमालेले सङ्कल्पको यात्राका रूपमा लिएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए । उनले नेकपा एमाले बाहेकका राजनीतिक दलहरूले मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डो¥याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैनन् भन्ने कुरा स्पष्ट भइसकेको बताए । मुलुकको समृद्धि र जनताको खुसीका निम्ति नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्ने उनको भनाइ छ । उपाध्यक्ष पौडेलले नेकपा एमालेको नेतृत्वमा मध्य पहाडी लोक मार्गमा सुरु भएका विकासका कामहरू सरकार परिवर्तन भएसँगै अलपत्र परेकाले ती विकासका आयोजनाहरू पनि प्रभावकारी रूपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए ।
उनले पुष्पलाल राजमार्ग (लोकमार्ग) को परिकल्पनाकार नेकपा एमाले भएकाले यस क्षेत्रमा पूर्वाधारको निर्माणसँगै हुने विकास क्रममा महत्त्वपूर्ण योगदान पुग्ने गरी अभियान सञ्चालन गर्न लागेको बताए । उनले नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्ने र मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्न सक्छ भन्ने सन्देश एमालेले यस अभियानअन्तर्गन दिन खोजेको बताए ।
स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी एमालेले अभियान अघि बढाउने उनले बताए । पौडेलका अनुसार मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाइसराइ, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसाबले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्नेछ ।
उपाध्यक्ष पौडेलले एमालेले जनताको हित र राष्ट्रको हितलाई हेरेर अभियान सञ्चालन गर्ने बताए । उनले जनतासँगको पार्टीको सम्बन्ध कमजोर नहोस् भन्ने ध्यानमा राखेर आफूहरूले अभियान सञ्चालन गर्न लागेको बताए । जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत स्थापित गर्ने हिसाबले एमाले अघि बढिरहेको उनले बताए ।
नेकपा एमालेको विरुद्धमा गरिएको घेराबन्दीको कोसिसलाई जनताको साथ, समर्थन र जनताको सङ्गठित शक्तिको बलमा हाम्राबिरुद्धको घेराबन्दी, प्रहारलाई नाकाम बनाउने उनको भनाइ छ । उपाध्यक्ष पौडेलले २०८४ सालको निर्वाचन स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नेकपा एमालेको नेतृत्वमा तीन तहकै सरकार निर्माण नभएसम्म यो यात्रा निरन्तर अघि बढ्ने र सरकार निर्माणपछिका दिनमा नेतृत्वसहितको देश विकासको महाअभियान हुने बताए ।
उपाध्यक्ष पौडेलले यो अभियान मिसन २०८४ को एउटा अभियानका रूपमा रहेको बताए । ०८४ को निर्वाचन नतिजालाई अनुकूल बनाउनका लागि अभियानले सहयोग पुग्ने उनको भनाइ छ । उनले माले जनतासँग जोडिने, जनताका समस्या सुन्ने बुझ्ने, विकासका आवश्यकता,चाहनाहरूलाई ठिक ढङ्गले सुदृढ गर्ने र देशको विकासको जनताका समस्या समाधानको नायक नेकपा एमाले हो भन्ने कुरालाई अझ उचाइबाट स्थापित गर्ने उद्देश्य अभियानको रहेको बताए ।
उपाध्यक्ष पौडेलले एमालेका नेतृत्व तह जहाँ भए पनि राष्ट्रिय राजनीतिको मामिलामा बेखबर नहुने बताए । उनले राजधानीमा एमाले हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा एमालेको दखललाई प्रभावित गर्न नसक्ने बताए । उपाध्यक्ष पौडेलले देश र जनताको समृद्धि नै यात्राको मुख्य उद्देश्य भएको बताए ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












