आजदेखि दुबईमा कोप-२८, जलवायु परिवर्तनसम्बन्धी छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स ९युएई० पुगेका छन्। प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट गएराति दुबई पुगेका हुन्। गएराति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीलगायतले स्वागत गरेका छन्।
आजदेखि कोप–२८ दुबईमा हुँदैछ। प्रधानमन्त्री प्रचण्ड मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुँदैछन् । उनले मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड युएईको ५२औँ एकता दिवसका अवसरमा आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।
उनले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वान स् जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ रु’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै उच्च पदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्दैछन्।
अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ। जहाँ नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा सुपुत्री गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन्। प्रधानमन्त्री प्रचण्ड मङ्सिर १७ गते स्वदेश फर्कने छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












