रास्वपाका सभापति लामिछाने आजदेखि विभिन्न देशको भ्रमणमा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजदेखि देखि विभिन्न देशको भ्रमणमा जाने भएका छन् । उनी शनिबार राति १० बजे मलेसिया जाने कार्यक्रम छ । उनी त्यहाँ २१ गतेसम्म रहने बताइएको छ । त्यसपछि उनी २१ गतेदेखि २३ गतेसम्म कतारमा रहनेछन् । कतारपछि २४ गतेबाट २८ गतेसम्म बेलायतको भ्रमणमा रहने प्रवासी नेपाली सम्पर्क विभाग प्रमुख तथा पार्टीका उपसभापति डोलप्रसाद अर्यालले खबरबलाई बताए ।
लामिछानेसँग रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दिपक बोहोरा पनि सहभागी हुनेछन् ।निर्वाचन जितेपछि नै उनी बाहिर जाने तयारी थियो । तर, नागरिकताका विषयमा उत्पन्न विवादका कारण उनको विदेश भ्रमण रद्द भएको थियो । त्यसपछि चितवन २ मा भएको उपनिर्वाचनमा भाग लिनुपर्ने भएकाले उनी जान भ्याएका थिएनन् ।
अर्यालले भने, ‘सभापतिज्यूले विदेशमा रहेका नेपालीहरूसँग भेटेर धन्यवाद व्यक्त गर्ने कार्यक्रम छ । त्यसपछि हामीलाई माया गरेर विदेशमा बसेका नेपालीहरूको सल्लाह लिनुहुनेछ ।’रविको सचिवालयका अनुसार उनले विभिन्न देशका राजनीतिज्ञ तथा पार्टी र सरकारका व्यक्तिहरुलाई भेटेर अनुभव लिने तथा छलफल गर्ने समेत कार्यक्रम छ । तर, कुन देशको कोसँग कति बेला भेट्ने भन्ने कुराको समय निर्धारण भएको छैन ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












