अख्तियारमा दाङका १ सय ५८ उजुरी दर्ता, कुन स्थानीय तहमा कति ?
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका डेढ सयभन्दा बढी उजुरी परेका छन् । मङ्सिर १० गतेसम्मको तथ्याङ्क अनुसार जिल्लाका १० स्थानीय तह सम्बन्धित एक सय ५८ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश अधिकारीले जानकारी दिएका छन् ।उनका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका एक सय र चालु आर्थिक वर्षको चार महिनामा दर्ता भएका ५८ वटा उजुरी छन् ।
स्थानीय, प्रदेश तथा संघीय सरकारले सञ्चालन गरेका योजनामा भ्रष्टाचारसँगै कर्मचारीले घुस मागेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको, प्रक्रिया मिचेर आफ्ना मान्छेलाई जागिर खुवाएको, जनप्रतिनिधिले अनावश्यक सेवा सुविधा लिएको लगायतका विषयमा उजुरी परेका हुन् । स्थानीय, प्रदेश तथा संघीय सरकारले सञ्चालन गरेका योजनामा भ्रष्टाचारसँगै कर्मचारीले घुस मागेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको, प्रक्रिया मिचेर आफ्ना मान्छेलाई जागिर खुवाएको, जनप्रतिनिधिले अनावश्यक सेवा सुविधा लिएको लगायतका विषयमा उजुरी परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा दर्ता भएका ३३ वटा उजुरी फर्छ्यौट भइसकेको छ, जसमा पुराना ९ र नयाँ २४ वटा उजुरी थिए । जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका अन्तर्गत सबैभन्दा धेरै उजुरी आएका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार घोराहीका १७ वटा उजुरी छन् । जसमध्ये गत आर्थिक वर्षमा दर्ता भएका ९ र चालु आर्थिक वर्षमा दर्ता भएका ८ वटा छन् ।
राजपुर गाउँपालिका अन्तर्गत गत आर्थिक वर्षका ७ र चालु आर्थिक वर्ष दर्ता भएका ४ गरेर ११ वटा उजुरी छन् । यस्तै, तुलसीपुर उपमहानगरपालिका अन्तर्गत गत वर्ष दर्ता भएका ९ र चालु आर्थिक वर्षमा दर्ता भएका एउटा, दंगीशरण गाउँपालिका अन्तर्गत गत आर्थिक वर्षमा ५ र चालु आर्थिक वर्षमा ४ गरेर ९ वटा उजुरी छन् । लमही नगरपालिका अन्तर्गत गत आर्थिक वर्षमा ५ र चालु आर्थिक वर्षमा २ गरेर ७ वटा, गढवा गाउँपालिका अन्तर्गत गत आर्थिक वर्षका ७ वटा मुद्दा छन् ।
यसैगरी शान्तिनगर गाउँपालिका अन्तर्गत गत आर्थिक वर्षको एउटा र चालु आर्थिक वर्षमा ४ वटा गरेर जम्मा ५ वटा उजुरी अख्तियारमा छ भने बंगलाचुली गाउँपालिका अन्तर्गत गत आर्थिक वर्षको एउटा र चालु आर्थिक वर्षमा २ गरेर ३ वटा उजुरी दर्ता भएका छन् । बबई गाउँपालिका अन्तर्गत गत आर्थिक वर्षमा एउटा र चालु आर्थिक वर्षमा ३ गरेर ४ वटा र राप्ती गाउँपालिकाको गत आर्थिक वर्षका २ र चालु आर्थिक वर्ष एउटा गरेर जम्मा ३ वटा उजुरी दर्ता भएको आयोगको नेपालगन्ज सम्पर्क कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












