भारतको विधानसभा निर्वाचनको मतगणना जारी चारमध्ये तीन राज्यमा भाजपालाई अग्रता
काठमाडौं । भारतमा विधानसभा निर्वाचन अन्तर्गत आइतबार बिहानदेखि चार राज्यको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत सिटमा अग्रता बनाएको छ ।
मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको विधानसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा भाजपाले तेलंगानाबाहेक तीन वटै राज्यमा बहुमत सिटमा अग्रता बनाएको हो । यद्यपि, मतगणनाको अन्तिम परिणाम आउन बाँकी नै छ ।
मतगणनाको पछिल्लो विवरण अनुसार मध्यप्रदेशमा भाजपा एकल बहुमततर्फ अग्रसर देखिन्छ । २३० सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा ११६ सांसद आवश्यक पर्दछ । तर भाजपाले १६४ सिटमा अग्रता बनाएको छ । यस्तै, कांग्रेस आईले ६३ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् । मध्य प्रदेशमा अघिल्लो विधानसभा निर्वाचनमा भाजपा १०९ सिटमा सीमित थियो भने कांग्रेस आईले ११४ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।
यस्तै, राजस्थानमा पनि कांग्रेस आईले आफ्नो प्रभाव कायम राख्न सकेन । १९९ सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा १०० सांसद आवश्यक पर्दछ । तर, राजस्थानमा जारी मतगणना अनुसार भाजपाले ११३ सिटमा अग्रता लिँदा कांग्रेस आई ६९ सिटमा अग्रता कायम गर्न सफल भएको छ । अन्य दलले १७ सिटमा अग्रता बनाएका छन् । सन् २०१८ को निर्वाचमा राजस्थानमा कांग्रेस आईले १०० सिट जितेको थियो भने भाजपा ७३ सिटमा सीमित भएको थियो । अन्य दलले २७ सिटमा जितेका थिए ।
छ्रत्तीसगढमा समेत भाजपाले बहुमत सिटमा अग्रता बनाएको छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ९० सिट रहेको छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपाले ५३ सिटमा अग्रता लिँदा कांग्रेस आईले ३४ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् ।सन् २०१८ को निर्वाचनमा छत्तीसगढमा भाजपा १५ सिटमा मात्र विजयी भएको थियो । कांग्रेस आई भने ६८ सिटमा जित हासिल गर्दै सत्तामा पुगेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।
११९ विधानसभा सिट रहेको तेलंगानामा भने कांग्रेस आईले ६६ सिटमा अग्रता लिएको छ । यस्तै, भारत राष्ट्र समितिले ३८, भाजपाले ९ र अन्यले ६ सिटमा अग्रता बनाएका छन् । सन् २०१८ को निर्वाचनमा तेलंगानामा भारत राष्ट्र समितिले ८८, कांग्रेस आईले १९ र भाजपाले एक सिट जितेका थिए ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












