एनसेल प्रकरणमा आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता
रिटमा बिहीबार बिहान १० बजेका लागि पेशी
काठमाडौं । एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा लिमिटेड र सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापकविरुद्ध मुद्दा दर्ता भएको छ ।आजि यटाले विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धीकरणविरुद्धको कार्य गरेको भन्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो ।
अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याइ आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गर्नु गैरकानूनी भएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।
रिटमा आजियटा र सचितको कार्य नेपालको अहिलेसम्मको इतिहासमै ठूलो आपराधिक कार्य भएको र यसबाट सार्वजनिक सम्पत्ति हिनामिना भएको उल्लेख छ । यसबाट नेपालले पाउनुपर्ने ४०० मिलियन डलर आजियटा र सचितलाल सम्पत्तले अपचलन गरेको तथा त्यसको बदलामा उनीहरुले एनसेलको नाममा ऋण लिएर र एनसेलको पैसाबाट पूँजीगत लाभकर तिर्नु सरासर गैरकानुनी कार्य भएको रिटमा उल्लेख छ ।
रिट निवेदनमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, एनसेल आजियाटा समूह बर्हाड, स्पेर्क्ट युके लिमिटेड, युनिभेरा क्यापिटल भेन्चर, ठूला करदाताको कार्यालयलाई विपक्षी बनाइएको छ । रिटमा बिहीबार बिहान १० बजेका लागि पेशी तोकिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












