एनसेल प्रकरणमा आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता
रिटमा बिहीबार बिहान १० बजेका लागि पेशी
काठमाडौं । एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा लिमिटेड र सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापकविरुद्ध मुद्दा दर्ता भएको छ ।आजि यटाले विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धीकरणविरुद्धको कार्य गरेको भन्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो ।
अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याइ आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गर्नु गैरकानूनी भएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।
रिटमा आजियटा र सचितको कार्य नेपालको अहिलेसम्मको इतिहासमै ठूलो आपराधिक कार्य भएको र यसबाट सार्वजनिक सम्पत्ति हिनामिना भएको उल्लेख छ । यसबाट नेपालले पाउनुपर्ने ४०० मिलियन डलर आजियटा र सचितलाल सम्पत्तले अपचलन गरेको तथा त्यसको बदलामा उनीहरुले एनसेलको नाममा ऋण लिएर र एनसेलको पैसाबाट पूँजीगत लाभकर तिर्नु सरासर गैरकानुनी कार्य भएको रिटमा उल्लेख छ ।
रिट निवेदनमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, एनसेल आजियाटा समूह बर्हाड, स्पेर्क्ट युके लिमिटेड, युनिभेरा क्यापिटल भेन्चर, ठूला करदाताको कार्यालयलाई विपक्षी बनाइएको छ । रिटमा बिहीबार बिहान १० बजेका लागि पेशी तोकिएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












