त्रिभूवन विमानस्थल हुँदै नियमित सुन तस्करी हुन नरोकिनुको रहस्य के हो
काठमाडौं । तस्करहरूले नेपालमा सुन भित्र्याउन अनेक जुक्ति लगाउने गरेको पाइएको छ। त्यसलाई पुष्टि गर्ने घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार देखिएको प्रहरीले जनाएको छ। यूएईबाट आएका एक नेपाली नागरिकको जीउमै १४ किलोग्राम सुन भेटिएको प्रहरीले जनाएको छ। तर उनले ल्याएको यहेँलो धातु सुन भए नभएको परीक्षण हुन बाँकी छ। विमानस्थलस्थित भन्सार कार्यालयका अधिकारीहरूले दुबईबाट सुन आउँदै गरेको सुराकीका आधारमा एक दिनअघिबाटै विमानस्थलमा निगरानी गरिएको दाबी गरेका छन्।
“सुराकीको आधारमा हामीले उनलाई विमानदेखि नै पछ्याएका थियौँ। यात्राको समय र विमानबारे निगरानी गरिरहेका थियौँ,” विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले भने। “हामीलाई प्राप्त सूचनामा झन्डै १० केजीसम्म हुन सक्छ भन्ने थियो तर बरामद हुँदा करिब १४ केजी देखिएको छ।” पाण्डेका अनुसार सुन लिएर आउने व्यक्ति अघिल्लो दिन नै सूचना थियो। तर उनी बिहीवार मध्यराति नेपाल ओर्लिए। सुन तस्करी हुन सक्ने आशङ्कामा अघिल्लो दिन पनि केही उडानहरूलाई निगरानीमा राखिएको भन्सार कार्यालयले जनाएको छ।
कसरी भित्रियो सुन
विमानस्थलमा कैद गरिएका तस्बिर र भिडिओहरूमा ठूलो परिणाममा सुन बोकेर आएका व्यक्ति ‘निडर’ देखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। अधिकारीहरूले यो पाटोबारे पनि अनुसन्धान हुने बताएका छन्।
“निर्बाध रूपमा ओसारपसार भएको जसरी ती व्यक्तिले हिम्मतका साथ आएका छन्। त्यसले अझै निगरानी बढाउनुपर्ने जस्तो देखिन्छ,” भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने। ती व्यक्तिले दुबईको विमानस्थलबाट कसरी सुन पार गराए भन्नेबारे पनि छानबिन गरिने अधिकारीहरूले बताएका छन्। ती व्यक्तिले ज्याकेटभित्र एउटा कपडामा बनाइएका खल्तीमा दुई(दुई केजीका सातवटा प्याकेट ल्याएका थिए। “उनले कसलाई भेट्थे, कहाँकहाँ जान्थे भन्ने अब छानबिनबाट स्पष्ट होला,” विमानस्थल भन्सार प्रमुख पाण्डे भन्छन्।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उक्त सुन प्रकरणबारे छानबिनका लागि समिति छ(सदस्यीय समिति गठन गरेको छ। प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा रहेको छानबिन समितिलाई यसमा संलग्न व्यक्तिहरूबारे पाँच दिनमा प्रतिवेदन दिन भनिएको छ। भन्सार कार्यालयका प्रमुख पाण्डे छानबिनपछि मात्रै थप विवरण दिन सकिने बताउँछन्। प्रहरीले उक्त सुन तस्करी प्रकरणमा संलग्न रहेको आशङ्कामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको जनाएको छ।
नेपाल प्रहरीको अधिकार बहस
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत विमानस्थलबाट यात्रुहरू नेपाल आउने कक्षमा प्रहरीको पहुँच नहुँदा यस्ता किसिमको तस्करी रोक्न प्रहरीको भूमिका नहुने बताउँछन्। “विमानस्थलबाट यात्रुहरू आउने ठाउँमा प्रहरीको पहुँच छैन। बाहिर आएपछि वा त्यहाँ बाहिर हुने सुन तस्करीमा मात्रै प्रहरीले छापा मार्छ,” उनले भने। प्रहरीका अनुसार सुरुमा नेपालको अध्यागमन पनि प्रहरीले हेर्दै आएको थियो। तर हाल नेपालको अध्यागमन र भन्सार जाँचपासमा प्रहरीको उपस्थिति हुँदैन।
त्रिभुवन विमानस्थलको सुरक्षामा नेपाल प्रहरीको नायब महानिरीक्षक नेतृत्वमा टोली खटाइएको भए पनि विमानस्थलबाट बाहिर जानेहरूलाई मात्रै प्रहरीले चेकजाँच गर्न पाउने अधिकार रहेको कडायत बताउँछन्। “विमानस्थलको आगमनमा पनि प्रहरीको उपस्थिति हुनुपर्यो भनेर पटकपटक माग गर्दै आएका छौँ,” उनले भने।
भन्सार विभागका प्रवक्ता खड्का प्रहरीलाई थप पहुँच दिने विषय पुनर्विचार गर्न भन्सार प्रशासन तयार हुनसक्ने बताउँछन्। “आगमनमा पनि यात्रुहरूको जाँच पास प्रहरीले लिन खोजेको हो भने भन्सार प्रशासन यसमा नकारात्मक हुनुपर्ने जस्तो मलाई लाग्दैन,” उनले भने।
नेपालमा किन हुन्छ सुन तस्करी
नेपालमा राष्ट्र ब्याङ्कले तोकेका वाणिज्य ब्याङ्कहरूले सरकारले निर्धारण गरेको कोटा अनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाउँछन्। त्यसका लागि पनि दैनिक १० किलोग्रामको सीमा तोकिएको छ। अधिकारीहरूका अनुसार दुबईमा सुनको मूल्य प्रतितोला नेपालको भन्दा १७,००० रुपैयाँ सस्तो छ।
सुनको मूल्य उच्च भइरहँदा र छिमेकी देश भारतमा यसको माग धेरै भएका कारण अधिकारीहरूले नेपालमा तस्करी भएर आउने सुन खुला सिमाना भएको भारततर्फ लगिने बताउने गरेका छन्। गत साउनमा मोटरसाइकलको उपकरणका नाममा हङ्कङबाट भित्र्याइएको ६० केजी सुन बरामद भएको थियो। त्यसअघि पनि भेपमा राखेर ल्याइएको ठूलो मात्रामा सुन बरामद भएको थियो।
सुन तस्करको रोजाइमा सडक पनि
बारम्बार ठूलो मात्रामा सुन बरामद भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ सुरु गरिएको विवरण आएका थिए। प्रहरीका अनुसार तस्करहरूले स्थलमार्ग हुँदै सुन भित्र्याउन सुरु गरेका छन्। शुक्रवार काठमाण्डू प्रवेश गर्ने नागढुङ्गामा बरामद भएको दुई केजी सुन रसुवा नाकाबाट भित्र्याइएको आशङ्कामा अनुसन्धान भइरहेको विवरण आएका छन्। गत असोजमा प्रहरीले दोलखास्थित चीनसँगको फलेक नाकाबाट भित्र्याइएको भनिएको ११ केजी सुन बरामद गरेको थियो।
नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष नेपालभरिबाट जम्मा १० केजी अवैध सुन बरामद भएको थियो। त्यसमध्ये काठमाण्डूबाट छ केजी र लुम्बिनी प्रदेशबाट चार केजी बरामद भएको थियो। यो वर्ष बरामद भएको सुन करिब १०० किलोग्राम पुगिसकेको बताइन्छ।साभार- बीबीसी
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












