एमालेको ‘मध्यपहाडी संकल्प यात्रा’ आज रामेछाप पुग्ने
काठमाडौं । नेकपा एमालेले जारी राखेका पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित समृद्धि लागि संकल्प यात्रा आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दैछ।
यात्राको १२ औं दिन आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा बास बस्ने छ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिधै दोलखातर्फ जाने तयारी छ। दोलखा जाने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट, किर्ने लगायतका ठाउँहरुमा स्थानीयबासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।
आज बिहानको खाना चरिकोटमा हुनेछ। चरिकोटबाट फर्कदा पुष्पलालको जिल्ला रामेछापको मन्थली आउने कार्यक्रम छ। रामेछापमा अध्यक्ष ओली सहितका नेताहरुले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धान्जली व्यक्ति गर्नेछन्।
नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। सोही अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो।
यात्राका क्रममा पुराना कम्यूनिष्ट नेताहरुलाई ठाउँठाउँमा सम्मान पनि गरिएको छ। मध्यपहाडको समृद्धि र विकासका लागि स्थानीयबासीहरुसँग अन्तरक्रिया गरिने यस कार्यक्रम मार्फत पहाडी क्षेत्रको तिव्र बसाँइसराई रोक्न नयाँ नीति ल्याउने एमालेको तयारी छ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












