अध्यक्ष ओलीमाथि भएको अस्वभाविक व्यवहारको अनर्गल प्रचारप्रति ध्यानाकर्षण भएको छ: एमाले प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले धनकुटाको लेगुवा बजारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति भएको अभद्र व्यवहारलाई लिएर भएको अनर्गल प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
विहीबार एक विज्ञप्ति प्रकाशन गर्दै उनले भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा अध्यक्ष ओलीलाई उत्तेजित व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर भएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । गौतमले तथ्य नबुझी अनर्गल प्रचार नगर्न र जनमानसमा भ्रम नछर्न सम्वन्धित सवैमा अपिल गरेका छन् ।
विज्ञप्तिमा एमाले प्रचार विभाग प्रमुख गौतम लेख्छन्, ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली विहीबार भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी) भन्ने व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । तथ्य नबुझी अनर्गल प्रचार नगर्न ,जनमानसमा भ्रम नछर्न, सम्वन्धित सवैमा हार्दिक अपिल गर्दछु ।’
.
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












