प्रचण्डमाथि लेखनाथको कटाक्ष: लुम्बिनीबाट सुरु माओवादीको रूपान्तरण अभियान गोकर्णमा अन्त्य भयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले आफ्नो पार्टीको पछिल्लो कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जाहेर गरेका छन् । पार्टीले सञ्चालन गरेको भनिएको रूपान्तरण अभियानप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।
माओवादीले थालेको रूपान्तरण अभियान लुम्बिनी विकास कोषको उपाध्यक्षबाट सुरु भएको र गोकर्ण रिसोर्टमा पुगेर अन्त्य भएको न्यौपानेको टिप्पणी छ ।
‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन,’ उनले पार्टी नेतृत्वप्रति व्यंग्य गर्दै आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
माओवादीले गत भदौ १६ बाट ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ नाम दिएर तीन महिना पार्टी रूपान्तरण अभियान घोषणा गरेको थियो । उक्त अभियान घोषणा गरेकै दिन माओवादी नेतृत्वको सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति गरेको थियो । न्यौपानेले लुम्बिनी उल्लेख गरेर त्यही प्रकरणलाई संकेत गरेका हुन् ।
न्यौपानेले गोकर्ण रिसोर्टमा गरिएको रेनु दाहाल पुत्रीको भड्किलो विवाहप्रति पनि तीव्र असन्तोष प्रकट गरेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी हुन् । विगतमा फजुल खर्च बेगरको प्रगतिशील विवाहको वकालत गर्ने प्रचण्डको परिवारभित्रै भड्किलो विवाह भएपछि अहिले सामाजिक सञ्जालमा यसको चर्को आलोचना भइरहेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












