विनोद चौधरीको अर्को हार, जनआस्थालाई जेल हाल्ने दाबी निराधार
ललितपुर। आफू र आफ्नो परिवारका सदस्यको सार्वजनिक गतिविधिबारे प्रतिकूल समाचार लेखेको भन्दै जनआस्थाविरुद्ध अदालत गुहार्दै आएका विवादास्पद व्यापारी तथा कांग्रेस सांसद विनोद चौधरीको पोल्टामा लगातार अर्को हार परेको छ । जनआस्थामा प्रकाशित एक समाचारलाई लिएर डलर अर्बपति भनिने विनोदका जेठा छोरा निर्वाणकी कान्छी श्रीमती आश्रयता कार्की चौधरीले हालेको रिटमा आज जिल्ला अदालत ललितपुरले दावी नपुग्ने ठहर गरेको हो । गाली बेइज्जतीको सो रिट आज जिल्ला अदालतका न्यायाधीश सीताकुमारी शर्मा अधिकारीको इजलासमा पेशी चढेको थियो ।
अदालतले पहिलो पेशीमै आश्रयताको दाबी नपुग्ने फैसला गरेको हो । गत जेठ ४ गते ुअर्बपतिकी बुहारी माग्ने, ससुरा र श्रीमान लुकाउनेु शीर्षकमा जनआस्था अनलाइनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेट गर्दै आश्रयताले नेपाली व्यवसायीहरुको व्यवसायमा छुट्ट्याइएको सामाजिक उत्तरदायित्वको कोष उपयुक्त स्थानमा परिचालन गर्न प्रधानमन्त्रीसँग सहयोग मागेको तथ्यसहित उल्लेख थियो ।
तर,उक्त समाचारले आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक असर पुगेको भन्दै आश्रयताले जनआस्था प्रकाशन प्रालि,अध्यक्ष किशोर श्रेष्ठ र सम्पादक राजेन्द्र रिमाललाई विपक्षी बनाएर असार ३ गते रिट हालेकी थिइन् । रिटमा मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ ९१० अनुसारको अपराध गरेकाले सोही दफाको उपदफा २ बमोजिम मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्च भराउन माग गरिएको थियो । यो उपदफामा कसूर ठहर भए दुई वर्ष कैद, ३० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
तर, अदालतले भने प्रमाण पुर्याएर लेखिएको समाचारविरुद्ध गाली बेइज्जतिको मुद्दा नलाग्ने भन्दै दावी अस्वीकार गरेको हो । यो फैसलासँगै जनआस्थामाथि लगातार प्रहार गर्दै आएको चौधरी ग्रुपलाई अर्को झड्का लागेको छ । यसअघि विनोद चौधरीले आफू र आफ्ना सार्वजनिक गतिविधिमाथि प्रश्न उठाउन नसक्ने जिकिर गर्दै आस्था प्रकाशन प्रालिद्वारा सञ्चालित जनआस्था साप्ताहिक र जनआस्था अनलाइनसहितलाई विपक्षी बनाएर असोज ७ र २८ गते हालेको दुई फरक–फरक मुद्दामा पनि पाटन उच्च अदालतले यसैगरी दावी नपुग्ने फैसला गरेको थियो ।
अदालतबाट आदेश लिएर समाचार मेटाउने प्रयासस्वरूप दायर ती रिटमा उच्चले लामो व्याख्यासहित आलोचनात्मक समाचार लेखेकै आधारमा सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउन मागदाबी गर्नु आफैँमा हास्यास्पद र गैरकानुनी हुने ठहर गरेको थियो । प्रकाशित समाचार हटाउने र समाचार रोक्न खोज्ने कुरा संविधान र लोकतन्त्रको मर्म विपरित हुने फैसलामा उल्लेख छ ।
लोकतान्त्रिक र खुला समाजमा सार्वजनिक पद धारण गरेको व्यक्ति मात्र नभई समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा व्यावसायिक कार्यमा संलग्न घराना र सोसँग सम्बद्ध व्यक्तिका सम्बन्धमा समेत निगरानी गरी समाचार प्रकाशन गर्नु प्रेस जगतको दायित्व हुने अदालतको ठहर छ । जनआस्थाको तर्फबाट अधिवक्ता बद्रि भुसालले मुद्दाको प्रतिवाद गर्दा चौधरी परिवारले ४ जना वकिल खटाएको थियो ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












