वाइसिएल अध्यक्ष सेर्पालीलाई पितृ शोक
काठमाडाैँ । वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुवोधराज सेर्पालीलाई पितृ शोक परेको छ ।
उनका ६७ वर्षीय बुबा तेज बहादुर सेर्पाली बिहिबार दिउँसो निधन भएको हो । अध्यक्ष सेर्पाली सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । रुकुम पुर्व भुमे गाउँ पालिका गुनाममा बस्दै आएका सेर्पालीको उपचारको क्रममा काठमाडाै स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा निधन भएको हो ।
केहि वर्षयता फोक्सोको क्यान्सर समस्याबाट पीडित सेर्पालीको चितवन क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो ।
उनले फेसबुकमा लेखेका छन्– …✍️बुवा तपाइको उच्च मनोबलले हार्यो उपचारमा हर उपाय प्रयोग गर्नुभएर तपाईलाई स्वस्थ बनाउन मिहिनेत गर्ने बि.पि. मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका बरिस्ठ सर्जन डाक्टर बिनयकुमार ठाकुर लगायत Thoraco oncologist medical चिकित्सकहरुको टिमको मिहेनतले बुवालाई धेरै समय बचाउन सकिने आशा संचार गरिरहेको थियो । पौष २२ गते पाँचौ केमोको पर्खाइमा थियौं तर त्यो मिति धेरै दुर रहेछ हामी पुग्न सकेनौं…। आज विहान ११:४५ बजे तपाइलाई अकस्मात स्वास्थ्यमा गम्भीर समस्या देखियो तत्काल नजिकै रहेको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुर्यायौं । अन्तिम कोसिस गर्दागर्दै चिकित्सकले १२:५५ मा मृतक😪 घोषणा गरेसँगै तपाइलाई अन्तिम पटक बाबै (बुवा) भनेर सदाका लागि बिदाइ गर्ने दु:खद सौभाग्य प्राप्त गरेँ । समग्रमा तपाइलाई निको गराउने हाम्रो हर कोसिस असफल भयो यो समय हाम्रो लागि सम्पुर्ण रुपले प्रतिकुल भयो । तपाइले उच्च मनोबलकासाथ रोगलाइ सहजै जित्छु भन्दाभन्दै पनि हार्यौ हामी । बाबै सन्ततिबाट तपाइको अपेक्षा आशीर्वाद हामीले कति पूरा गर्न सक्यौं वा सकेनौं सबै अनुत्तरित सवालहरुको लागी हृदयदेखि माफी चाहान्छु । तपाइको इच्छा अनुसार स्वयम्भू घुम्यौं तर बाइसधारा घुम्ने अनि प्यारो जन्मभुमि गुनाम गएर घरमा गाउँले दाजुभाइ साथी अनि आफन्तसँग संवाद गर्ने चुरोट, सुल्पा, बिडी जाँडरक्सी सबैलाई छोडाउने क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट अरुलाई जोगाउने तपाइको योजना सधैंको लागि अपुरो अधुरो रह्यो ।…. अलबिदा बाबै !🙏😭😭
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












