वाइसिएल अध्यक्ष सेर्पालीलाई पितृ शोक
काठमाडाैँ । वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुवोधराज सेर्पालीलाई पितृ शोक परेको छ ।
उनका ६७ वर्षीय बुबा तेज बहादुर सेर्पाली बिहिबार दिउँसो निधन भएको हो । अध्यक्ष सेर्पाली सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । रुकुम पुर्व भुमे गाउँ पालिका गुनाममा बस्दै आएका सेर्पालीको उपचारको क्रममा काठमाडाै स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा निधन भएको हो ।
केहि वर्षयता फोक्सोको क्यान्सर समस्याबाट पीडित सेर्पालीको चितवन क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो ।
उनले फेसबुकमा लेखेका छन्– …✍️बुवा तपाइको उच्च मनोबलले हार्यो उपचारमा हर उपाय प्रयोग गर्नुभएर तपाईलाई स्वस्थ बनाउन मिहिनेत गर्ने बि.पि. मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका बरिस्ठ सर्जन डाक्टर बिनयकुमार ठाकुर लगायत Thoraco oncologist medical चिकित्सकहरुको टिमको मिहेनतले बुवालाई धेरै समय बचाउन सकिने आशा संचार गरिरहेको थियो । पौष २२ गते पाँचौ केमोको पर्खाइमा थियौं तर त्यो मिति धेरै दुर रहेछ हामी पुग्न सकेनौं…। आज विहान ११:४५ बजे तपाइलाई अकस्मात स्वास्थ्यमा गम्भीर समस्या देखियो तत्काल नजिकै रहेको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुर्यायौं । अन्तिम कोसिस गर्दागर्दै चिकित्सकले १२:५५ मा मृतक😪 घोषणा गरेसँगै तपाइलाई अन्तिम पटक बाबै (बुवा) भनेर सदाका लागि बिदाइ गर्ने दु:खद सौभाग्य प्राप्त गरेँ । समग्रमा तपाइलाई निको गराउने हाम्रो हर कोसिस असफल भयो यो समय हाम्रो लागि सम्पुर्ण रुपले प्रतिकुल भयो । तपाइले उच्च मनोबलकासाथ रोगलाइ सहजै जित्छु भन्दाभन्दै पनि हार्यौ हामी । बाबै सन्ततिबाट तपाइको अपेक्षा आशीर्वाद हामीले कति पूरा गर्न सक्यौं वा सकेनौं सबै अनुत्तरित सवालहरुको लागी हृदयदेखि माफी चाहान्छु । तपाइको इच्छा अनुसार स्वयम्भू घुम्यौं तर बाइसधारा घुम्ने अनि प्यारो जन्मभुमि गुनाम गएर घरमा गाउँले दाजुभाइ साथी अनि आफन्तसँग संवाद गर्ने चुरोट, सुल्पा, बिडी जाँडरक्सी सबैलाई छोडाउने क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट अरुलाई जोगाउने तपाइको योजना सधैंको लागि अपुरो अधुरो रह्यो ।…. अलबिदा बाबै !🙏😭😭
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












