दक्षिण कोरियामा विपक्षी नेतामाथि छुरा प्रहार
काठमाडाैँ । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि छुरा प्रहार भएको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे-म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए ।
मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका थिए । आक्रमण गर्ने ५० वर्षका जस्ताे देखिने व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सुरुमा लीसँग अटोग्राफ मागे र अचानक उनलाई छुरा प्रहार गरे ।
आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइए अनुसार अस्पताल पुर्याउँदासम्म उनी हाेसमै थिए ।
सामाजिक सञ्जालमा देखिएकाे आक्रमणको भिडियोमा ली जमिनमा लडिरहेको देखिन्छ, जहाँ मानिसहरूले आक्रमणकारीलाई रोक्न खोजेका छन् । घटनापछिका तस्वीरहरूमा ली आँखा बन्द गरेर भुइँमा सुतेको र कसैले उनको घाँटीको छेउमा रुमालले पुछिरहेकाे देखिन्छ ।
ली हाल दक्षिण कोरियाको संसद सदस्य छैनन् । उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।
उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











