दुई सयभन्दा बढी युक्रेनी युद्धबन्दीलाई लामो काराबासको सजाय
मस्को। रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका छन् ।
रुससँग अज्ञात सङ्ख्या (हजारौँ मानिन्छ) मा युक्रेनी बन्दी छन् । तीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा लगिएको थियो । किएभ र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन् ।
“दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारगार सजाय सुनाइएको छ”, रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले सरकारी समाचार आउटलेट आरआइए नोभोस्तीलाई अन्तरवार्ता दिँदै भन्नुभयो ।
उहाँले ‘उच्चस्तरीय अधिकारीहरू’ सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने आफ्नो प्रयासलाई ‘जारी राख्ने’ वाचा गर्नुभयो । धेरै युक्रेनी युद्धबन्दीहरूलाई रुसले कब्जा गरेको पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ ।
बास्ट्रिकिनले सैनिकहरूलाई रुसमा वा कब्जा गरिएको युक्रेनमा सजाय सुनाइएको थियो भन्नेबारे केही बताउनुभएन । यद्यपि सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा दुई सय ४२ सैनिकलाई सजाय सुनाइएको बताएको छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











