चियाको प्रमुख आयातकर्ता पाकिस्तानमा नेपाली चिया बिक्री
काठमाडौं । नेपाली अधिकारीहरूले चियाको प्रमुख आयातकर्तामध्येको देश पाकिस्तानमा नेपाली चिया निर्यात सुरु गरिएको बताएका छन्। इस्लामावादस्थित नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानी चिया व्यवसायीहरूले नेपाली चियाको माग गरेको र नेपालबाट चिया निर्यातका लागि पहल भइरहेको जानकारी दिए।
“यहाँका व्यापारीहरूको संस्था ‘टी असोसिएसन’ भन्ने छ। त्यसका पदाधिकारीहरूसँग पटक-पटक छलफल गरेर यहाँको कुरा नेपालका उत्पादकहरूसँग आदानप्रदान गरिसकेपछि दुवैतर्फ एउटा समझदारी भएको छ,” उनले भने। उनका अनुसार नेपालबाट नियमित चिया आयात गर्न पाकिस्तानका व्यवसायीहरू तयार देखिएका छन्।
पाकिस्तानले वर्षमा १७ करोड किलोग्राम चिया खपत गर्ने गरेको बताइन्छ। जसमध्ये अधिकांश चिया केन्या, युगान्डा लगायतका अफ्रिकी देशहरूबाट आयात हुन्छ। “यहाँ ठूलो मात्रामा चिया केन्या र युगान्डाको मात्रै छ। नेपालको चिया अलि फरक स्वादको हुने भएकाले त्यसले पनि एउटा आकर्षण दिएको मेरो चाहिँ अनुभव छ,” राजदूत अधिकारी भन्छन्।
१६५ करोड किलोग्राम चिया निर्यात
नेपाली अधिकारीहरूका अनुसार नेपालले वर्षमा करिब तीन करोड किलोग्राम चिया उत्पादन गर्ने गरेको छ। त्यसमध्ये दुई करोड किलोग्राम उत्पादन सीटीसी चियाको छ। भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले गत आर्थिक वर्ष एक करोड ६५ लाख किलोग्राम चिया विदेश निर्यात गरेको थियो। जसबापत नेपालले करिब चार अर्ब राजस्व आम्दानी गरेको थियो।
तर गत वर्ष साउनदेखि मङ्सिरसम्मको निर्यातको परिमाणको तुलनामा यो आर्थिक वर्षको मङ्सिरसम्म चियाको निर्यात १६ प्रतिशतले घटेको भन्सारको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष आर्थिक वर्षको पहिलो पाँच महिनामा एक करोड किलोग्राम चिया निर्यात गरेको नेपालले यो आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा ७१ लाख किलोग्राम मात्रै चिया निर्यात गरेको छ।
नेपालमा उत्पादन भएर बजारका लागि सङ्घर्ष गरिरहेको चियाको बजारका लागि आफूले पाकिस्तानमा पहल गरेको राजदूत अधिकारीले बताए। नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ भने अर्थोडक्स चियाको करिब ९० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ। सीसीसी जस्तै अर्थोडक्स चियाको पनि सबैभन्दा ठूलो बजार भारत रहेको बताइन्छ। अर्थोडक्स चाहिँ नेपालमा आठ देखि १० प्रतिशत मात्रै खपत हुने गरेको छ। बाँकी हिस्सामध्ये अधिकांश भारतमा र केही युरोपेली लगायत अन्य देशहरूमा निर्यात हुन्छ।
पाकिस्तानमा चिया पठाउन सुरु, फाइदा कस्तो
झापाको बिर्तामोडमा रहेको चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारीका अनुसार पछिल्लो महिना ३५ देखि ४० हजार किलोग्राम चिया पाकिस्तान जाने तयारीमा रहेको बताउँछन्। “एक कन्टेनर गइसक्यो। अर्को एक कन्टेनर भन्सारको प्रक्रियामा छ,” उनले भने। पाकिस्तानका लागी नेपालका राजदूत अधिकारीका अनुसार त्यहाँ अझै १०० टन चियाको माग भएको छ।
नेपालको सीटीसी चिया निर्यातको प्रमुख बजार भारत हो। बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारी पाकिस्तानमा नेपाली चिया निर्यात हुँदा प्रतिस्पर्धी मूल्य हुने भएका कारण उत्पादकलाई फाइदा हुने बताउँछन्। “यहाँको उत्पादन र आपूर्ति प्रणालीमा सरकारी स्तरमै अलिकति गृहकार्य गरेर सम्झौता गर्ने हो भने अहिले नेपाली चियाको बजारमा देखिएको जुन विकराल समस्या छ यसको समाधानको लागि एउटा विकल्प हुनसक्छ,” उनले भने।
उनका अनुसार भारतको भन्दा करिब १० रुपैयाँ बढी मूल्य दिन पाकिस्तानी व्यापारीहरू तयार देखिएका छन्। तर चियाको गुणस्तर अनुसार मूल्य फरक पर्ने उनले बताए। “पाकिस्तान यो क्षेत्रको चियाको ठूलो उपभोक्ता देश हो। दक्षिण एशियामै ठूलो आयातकर्ता भएकोले आउने दिनमा नेपाली चियाको लागि ठूलो अवसर आउनसक्छ,” उनले भने।
नेपाल विश्व व्यापार सङ्घको सदस्य भएका कारण भारतको बाटो हुँदै पाकिस्तानमा निर्यात गर्न कुनै समस्या नहुने अधिकारीहरूको दाबी छ।तर व्यवसायीहरूले पाकिस्तान निर्यात हुने वस्तुमा थप कडाइका साथ जाँच हुने र अन्य व्यवधान हुने गुनासो गर्ने गरेका छन्। “हामी विश्व स्वास्थ्य सङ्घको सदस्य भएका कारण त्यस्तो समस्या छैन। अब अलि नियमित रूपमा जान थालेपछि व्यावहारिक समस्याहरू आउने देखिँदैन,” अधिकारी भन्छन्। पाकिस्तानी व्यवसायीहरूले आफूसँग आयातमा हुने कठिनाइबारे कुनै गुनासो नगरेको राजदूत अधिकारीले बताए।
“नेपालबाट जर्मनी, रुस लगायतका पश्चिमा मुलुकहरूमा पनि भारतकै बाटोबाट जाने हो। पाकिस्तान पनि जसरी अन्य मुलुकमा जाने हो त्यसरी नै जाने हो। भारतीय रुट प्रयोग गर्दा अन्य मुलुकमा जस्तै व्यवहार पाकिस्तान निर्यातलाई पनि होला,” राजदूत अधिकारीले भने। दुई दशक अघिसम्म नेपालबाट पाकिस्तान चिया निर्यात भइरहेको थियो। पछिल्लो समय व्यवसायीहरूले समयमा भुक्तानी नपाएको भन्दै पाकिस्तानमा चिया निर्यात रोकेका थिए।
“त्यो अवस्थामा हाम्रो उत्पादनको मात्रा कम थियो। अहिले हाम्रोमा चिया उत्पादन बढेको पनि छ,” बोर्डका अधिकारीले भने। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार भारतबाहेक रुस, चीन र युरोपेली देशहरूमा पनि नेपालको चिया निर्यात बढाउनेबारे पहल भइरहेको छ।
-साभार बीबीसी
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












