गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाको मृत्यु
गाजा । एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ ।लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो ।
गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन स्तरमा जीवन र मानवीय आवश्यकताको विनाशकारी असर गरिरहेको गाजा युद्धको लैङ्गिक प्रभाव नामक प्रतिवेदनमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टिनी मारिएका छन् । गाजामा मृत्यु भएकामध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ । तथ्याङ्क अनुसार महिला मृत्युमध्ये सङ्कट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघन्टा दुई आमाहरूको मृत्यु हुनेगरेको छ ।
गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा गाजाको कुल जनसङ्ख्याको ८५ प्रतिशत, जनसङ्ख्या विस्थापित भएको विश्वास गरिन्छ । जसमा संयुक्त राष्ट्रसंघीय निकाय ९युएन विमेन० ले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ । गाजाको सम्पूर्ण जनसङ्ख्यामध्ये लगभग २२ लाख व्यक्ति सङ्कटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ ।
युएन वुमनको अनुमानमा द्धन्द्धमा कम्तिमा तीन हजार महिला विधवा वा घरपरिवार विहिन भएका अनुमान गरिएको छ । यसैगरी कम्तिमा दश हजार बच्चाहरूले आफ्नो पिता गुमाएका हुन सक्ने विवरणमा बताइएको छ ।
महिला र बालबालिका द्वन्द्वको पहिलो सिकार हुने तथा उनीहरूलाई लक्षित गरी शान्ति खोज्नु आफ्नो कर्तव्य भएको फेरि एकपटक प्रमाणित गरेको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रमकी कार्यकारी निर्देशक सिमा बाहुसले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगत १५ वर्षमा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण क्षेत्रमा मारिएका सबै नागरिकमध्ये दुई तिहाइ पुरुष रहेका छन् । यसैगरी १४ प्रतिशतभन्दा कम महिला तथा बालिकाहरू रहेका छन् । तर पछिल्लो १०० दिनमा समयमा मृत्यु हुनेमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । प्यालेस्टिनी जनतालाई परेको आघातले हामी सबैलाई आउँदो पुस्तासम्म सताउनेछ ।”
–युद्ध अन्त्य गर्न आग्रह–
गाजाका महिला र केटीहरूको अवस्थाप्रति शोक व्यक्त गदै सबै महिला तथा बालबालिकाहरूलाई महत्वपूर्ण सहायता र सेवाहरूको प्रावधानसहित गाजामा रहेका सबैका लागि तत्काल मानवीय युद्धविराम र निर्बाध मानवीय पहुँचका लागि बाहुसले आग्रह गर्नुभयो । यो शान्तिको समय भएको बताउदैै सबै इजरायली र प्यालेस्टिनी महिला र बालबालिकाप्रति आफु ऋणी रहेको बताउनुभएको छ । उहाँले उनीहरूले अबका दिनमा यसको मूल्य चुकाउनु नपर्ने बताउनुभएको छ ।
प्रतिवेदन अनुसार बढ्दो वैमनस्यता हुँदाहुँदै पनि महिला नेतृत्व र महिला अधिकार सङ्गठनहरूले काम जारी राखेका छन् ।गाजा पट्टीमा सर्वेक्षण गरिएका करिब ८३ प्रतिशत महिला सङ्गठनहरू कम्तिमा आंशिक रूपमा सञ्चालनमा छन् । उनीहरू मुख्यतया आपतकालीन प्रतिक्रियामा केन्द्रित रहेका छन् । यद्यपि, सन् २०२३ को फ्ल्यास अपिलमा कोषको संयुक्त राष्ट्र महिला विश्लेषणले अनुसार कोषको ०।०९ प्रतिशत मात्र राष्ट्रिय वा स्थानीय महिला अधिकार सङ्गठनहरूमा आवद्ध भएका छन् ।
पछिल्लो छ महिनाको प्रतिक्रिया योजनाको माध्यमबाट, प्यालेस्टाइनमा संयुक्त राष्ट्रसङ्घका महिलाहरूले १४ हजारभन्दा बढी महिला–नेतृत्व गर्ने परिवारलाई, गाजाका सबै महिला–नेतृत्व गर्ने परिवारको एक तिहाइलाई जीवन–रक्षक सहायता प्रदान गर्दै आएका छन् ।
उनीहरू कपडा, सेनेटरी उत्पादनहरू, र बालबालिकाको लागि आवश्यक पर्ने समानको वितरणलाई सहयोग गर्दै आएका छन् । प्रतिवेदन अनुसार लैङ्गिक हिंसाका लागि लैङ्गिक–उत्तरदायी सेवाहरू प्रदान गर्न महिला नेतृत्वको संस्थाहरूसँग पनि युएन वुमनले साझेदारी गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत विस्थापित महिलाहरूका लागि आश्रय स्थलहरूमा महिला नेतृत्वको सुरक्षा र प्रतिक्रिया समितिहरू स्थापना गर्नेस र प्यालेस्टाइनमा महिला संस्थाहरूसँग नियमित परामर्श गर्ने गरिरहेको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












