रविको पौने दुई करोड प्रकरणः फर्जी भौचर र सम्पत्ति शुद्धीकरणतर्फ मोडियो
काठमाडौं । रवि लामिछानेले आफ्नो नाममा काटिएको पौने दुई करोडको चेक खातामा जम्मा नभएको जिकिर गरेपछि उक्त लफडा फर्जी भौचर र सम्पत्ति शुद्धीकरणतर्फ मोडिएको छ । ग्यालेक्सी टेलिभिजनबाट बाहिरिंदा लिइएको ‘पसिनाको मूल्य’ बापतको रकमउपर औपचारिक कारोबार नभएको दाबी उनले दोहोऱ्याए पनि कम्पनी रजिष्ट्रार कार्यालयले भने सेयर किनबेच हुँदा अनिवार्यरुपमा बैकिङ कारोबार गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ । ‘तत्कालको समस्या टार्न रविले भनेकै मितिमा पैसा दाखिला नभएको कागज ग्लोबल बैंकले बनाइदिए पनि त्यसपछि त उनी पैसा नलिई बसेनन् होला ? यसो हुँदा आफ्नो खाताको वर्षभरिको विवरण सार्वजनिक गर्ने दायित्व उनकै हो । नगद कारोबार भएको हो भने त्यसबारे बताउने पनि उनले हो ।
कतै जिबी राईसँग जोडिदिने ग्यालेक्सी टिभीका उपाध्यक्ष छविलाल जोशीको त्यसै अवधिको अकल्पनीय र अस्वाभाविक आम्दानीमा त रविको हिस्सा छैन ? त्यो पनि सोचनीय विषय हुँदै हो । चितवन, पोखरा र काठमाडौंको सहकारी संस्थाका करोडौं रूपैयाँ हिनामिनामा उनीलगायतको नाम जोडिदै आएको छ । तर लामिछानेले ती आरोपलाई अन्यथा भन्दै पीडितको पक्षमा लागिपर्ने बताउन छाडेका छैनन् । यसबीच ग्यालेक्सी टेलिभिजनका अन्य साझेदार जिबी राई र पूर्वडिआइजी छविलाल जोशीका शंकास्पद कारोबारले रविलाई पनि तान्ने सम्भावना बढाएको छ । यही मेसोमा ग्यालेक्सीका साझेदार जोशीमाथि काठमाडौं, कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप लागेको छ । यहाँको रकम पनि जिबी, रविसँग मिलेर टिभी चलाउँदा ग्यालेक्सीलगायत संस्थामा अधिकतम प्रयोग भएको हुन सक्ने प्रहरीको अनुमान छ । जोशीको पछिल्लो तीन वर्षको अस्वाभाविक र शंकास्पद १७ करोड रकम कारोबारको फेहरिस्त जनआस्थाले जुटाएको छ । प्राप्त विवरणअनुसार पछिल्लो समय चर्चामा आएको रवि लामिछानेको एक करोड ८० लाख रूपैयाँ बराबरको सेयर किनबेचको कनेक्सन जोशीको खातामा ट्रान्जेक्सनसँग हुन सक्ने अनुसन्धानमा संलग्न सरकारी अधिकारीहरूको बुझाइ छ । फर्जी कागजात र विवरण ग्यालेक्सीको सेयर किनबेच गरिएको घटनालाई जुटाएर जोशीको व्यक्तिगत बचत खाताबाट भएका ‘करोडौंका शंकास्पद कारोबारसँग भिडाउनुपर्ने विज्ञहरू बताउँछन् । पत्रकार सम्मेलनमा लामिछानेले उक्त रकम आफ्नो बैंक जम्मा नभएको बताएका थिए। तर, उनले कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाएको नोटरी प्रमाणित घरायसी तमसुकलाई हेर्दा उक्त कारोबार चेक, बैंक खाताभन्दा नगदमा भएको आशंकालाई बल मिलेको छ ।
अर्कोतर्फ लामिछाने र राईसँग जोडिएका पूर्वडिआइजी छविलालका केही कारोबारले शंका उब्जाइदिएको छ । जोशीको कारोबार अस्वाभाविक रहेको भन्दै यसअघि विनोद चौधरीको नबिल बैंकले राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई जानकारी गराएको थियो । ‘निजको व्यक्तिगत बचत खातामा अस्वाभाविक र शंकास्पद कारोबार देखिएपछि हामीले जानकारी गराएका हौं’, नबिल स्रोत भन्छ, ‘त्यस्ता कारोबारसँगको कनेक्सन हेर्ने र विश्लेषण गर्ने जिम्मा हाम्रो होइन । सम्पत्ति शुद्धीकरण, एफआईयु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हो ।’ प्राप्त विवरणअनुसार जोशीको नबिल बैंकस्थित व्यक्तिगत बचत खाता नम्बर १७१००१७५१२३५६ मा सन् २०२१ जुन ३० तारिखका दिन ९० लाख रूपैयाँ जम्मा भएको देखिन्छ। उक्त रकम एनआईसी एशिया बैंक लिमिटेडमा रहेको दिनेश दर्शनधारीको व्यक्तिगत बचत खाता नम्बर ३९१४२२६९८३५२४००१ बाट जम्मा भएको थियो । सोही रकम जोशीले आफ्नो खाताबाट एनआईसी एशिया बैंकमा रहेको पुजन तुलाधर सिकर्मीको बचत खाता ३९८७०२२२२८७५२४०१ मा भोलिपल्टै जुलाई १ का दिन ट्रान्सफर गर्नुले पनि कारोबार शंकास्पद देखिएको हो । ठूलो परिमाणको रकम एकाध दिनमा विभिन्न व्यक्तिको खातामा सार्नुले घटनालाई झन् रहस्यमय बनाएको छ । नबिल बैंक स्रोत भन्छ, ‘त्यसको तीन दिनपछि दर्शनधारी र सुवर्ण महर्जनको व्यक्तिगत बचत खाताबाट दुई वटा चेकमार्फत जोशीको सोही खातामा एक करोड ८० लाख जम्मा भएको छ। तर, सो रकम एक दिनपछि पुजन, तुलाधर सिकर्मीको खातामा फिर्ता भएको देखिन आएको छ । अहिले सोही रकम बराबरको लफडा बाहिर आउनुले बाघ कराउनु र बाख्रा हराउनु मात्रै नभएको हो कि भन्ने लाग्छ ।’
जोशीसँग त्यति ठूलो रकमको लेनदेन गर्ने व्यक्तिहरू एउटै कम्पनीका हर्ताकर्ता हुन् । दर्शनधारी कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मोबिल्याण्ड ग्रुप अफ कम्पनीका अध्यक्ष र सुवर्ण महर्जन उक्त कम्पनीका निर्देशक हुन् । सिकर्मी भने सो सहकारीका प्रबन्धक हुन् । मोबिल्याण्ड ग्रुप अफ कम्पनीमा जोशीको समेत सेयर लगानी भएको बताइन्छ । तर, सुवर्णले आफ्नो कम्पनीमा जोशीको संलग्नता नरहेको बताए। उक्त कारोबारबारे जिज्ञासा राख्नेबित्तिकै सिकर्मी जंगिए । महर्जनले त्यो जग्गा कारोबारको रकम हुनसक्ने उल्लेख गरे। भने, ‘सिकर्मीको जग्गा डिआइजीले किनेका हुन्। सिकर्मीले मेरो कम्पनीबाट ऋण लिएका थिए। त्यसैले सोही रकम तीनतिर कारोबार भएको हुनसक्छ ।’ जोशी यसअघि जिबी राई जस्तै नेटवर्किङ व्यवसाय कम्पनी खोलेर त्यसको संरक्षकको भूमिकामा संलग्न भएको पाइएको थियो ।
उनै जोशीको नबिल बैंकमा रहेको व्यक्तिगत बचत खातामा सन् २०१८ र २०१९ सम्म कारोबार सामान्य नै रहेको देखिन्छ । तर, रविसँगको सामिप्यता र ग्यालेक्सीमा साझेदारीपछि खातामा रकम जम्मा हुने क्रम बढेको छ । सन् २०२० पछिका वर्षमा उनको कारोबार शंकास्पद देखिएको बैंकका अधिकारीहरू बताउँछन् । ‘रवि लामिछानेसँग ग्यालेक्सी टेलिभिजनमा साझेदारी भएपछिका कारोबार शंकास्पद छ । काकताली मात्रै हो कि, यथार्थ विस्तृत अनुसन्धानबाटै पुष्टि होला,’ राष्ट्र बैंकको उच्च स्रोतको भनाई छ । नबिलबाट प्राप्त विवरणअनुसार जोशीको खातामा कोरोना महामारीअघि तीन करोड ४४ लाख ८२० रूपैयाँ ३६ पैसा थियो । सन् २०२० मा १ करोड २४ लाख पाँच हजार २५८ रूपैयाँ २० पैसा झिकेपछि १ करोड ७४ लाख २७ हजार ५६५ रूपैयाँ २६ पैसा बाँकी रह्यो । अर्को वर्ष २०२१। मा ६ करोड ४ लाख २६ हजार ३६८ रूपैयाँ ९० पैसा र सन् २०२२ मा ७ करोड ९ लाख ८७ हजार ८९६ रूपैयाँ ८९ पैसा बढ्यो । ब्युरो स्रोत भन्छ, ‘प्रहरीका पूर्व डिआइजीले पदमा रहँदा बचत गर्ने उद्देश्यले खोलिएको व्यक्तिगत बचत खातामा एकपछि अर्को कारोबार अस्वाभाविक र शंकास्पद देखिनुलाई त्यतिकै नजरअन्दाज गर्न सकिँदैन ।’ सम्पत्ति शुद्धीकरण र सिआइबी स्रोतको एउटै बुझाइ छ, ‘पदको दुरूपयोग गरेर प्राप्त रकम सहकारी संस्थामा जम्मा गरेको हुनुपर्छ । उक्त रकम मोबिल्याण्ड ग्रुप अफ कम्पनी खडा गरेर सम्पत्ति शुद्धीकरण गराएको पनि हुनसक्छ ।’ जोशीसँगको शंकास्पद कारोबारमा संलग्न व्यक्तिहरू उनीनिकट कम्पनी र सहकारीको मुख्य पदको जिम्मेवारीमा छन् । प्राप्त विवरणअनुसार पुजन तुलाधर दर्शन सहकारीको प्रबन्धक र दर्शनधारी सोही संस्थाका अध्यक्ष हुन् । यसले पनि सहकारी संस्थाको रकम जोशीको खातामा जम्मा गरेको हुनसक्ने प्रवल सम्भावना छ । सोही रकम जोशीले लामिछानेसँगको साझेदारीमा ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको अर्को आशंका छ । उनले नेचर हर्ब्स नेष्ट प्रालि र केएनके कलेजमा समेत ठूलै रकम लगानी गरेको देखिन आएको छ । उनका बैंक स्टेटमेन्ट र साझेदारीमा खोलिएका तथा रकम लेनदेनमा संलग्नहरूको केवाईसी विवरण, बैंक स्टेमेन्ट भिडाएर अनुसन्धान गरेको अवस्थामा रविको पछिल्लो १ करोड ८० लाखसहितको वास्तविकता छर्लंग हुने सम्भावना पनि उत्तिकै छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै...
-
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौँ : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक...
-
इप्पानले विशेष कार्यक्रमसहित रजत महोत्सव मनाउने
काठमाडौँ: मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव...