नीतीश कुमार नवौँ पटक बिहारको मुख्यमन्त्री नियुक्त
पटना । नीतीश कुमार नवौँ पटक बिहारको मुख्यमन्त्री बन्नुभएको हो । नीतीश कुमारले आजै बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर आफ्नो राजीनामा बुझाउनुभएको थियो ।
उहाँ यसअघि कांग्रेस आई, कम्युनिस्ट लगायतका दलसँगको गठबन्धनमा आवद्ध भएकोमा आज भारतीय जनता पार्टीसँगको गठबन्धनमा लाग्नुभएको छ । पदको लोभी भएको भन्दै नीतीश कुमारको चर्को आलोचना भइरहेको छ । भारतमा यसै वर्ष आमचुनाव हुँदैछ र यो राजीनामा र नियुक्तिलाई चुनावअघिको चलखेलका रूपमा लिइएको छ । उहाँलाई सत्ताका लागि जता पनि ढल्कने र जोसँग पनि मिल्ने अवसरवादी नेताको आरोप लाग्दै आएको छ ।
नीतीश कुमार पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिको केन्द्र बन्नुभएको छ । बितेको एक दशकमा उहाँले पाँचौँ पटक गठबन्धन फेर्नुभएको छ । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै नीतीश बीजेपीबाट बाहिरिँदै सन् २०१४ मा लोकसभा चुनाव एक्लै लड्नुभएको थियो । २० सिट भएको जनता दल युनाइटेड पछिल्लो लोकसभा चुनावमा दुई सिटमा समेटियो ।
चुनावमा निराशाजनक नतिजापछि नीतीशले राष्ट्रिय जनता दल र कांग्रेस पार्टीसँग गठबन्धन गर्नुभएको थियो । नीतीश कुमारले सन् २००० मा पहिलो पटक बिहारको मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । त्यसयता उहाँले सन् २००५, २०१०, २०१५ (दुई पटक), २०१७, २०२०, २०२२ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












