एमाले नेता वसन्त नेम्वाङको स्वास्थ्य क्रमिकरुपमा सुधार हुँदै
काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनकी श्रीमती भूमिका सुब्बाले सामाजिक सन्जालमार्फत् नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएकी हुन् ।
पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेम्वाङ ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन गएको बेला यही माघ १७ गते ‘ब्रेन स्ट्रोक’ भएको थियो । सोही दिन उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । अहिले उनको उपचार त्यहीँ भइरहेको छ ।
उनकी श्रीमती भूमिकाले सामाजिक सन्जाल फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आइरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुइन । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ भन्ने कुरा यसै मार्फत जानकारी पनि गराउन चाहन्छु ।’
साथै डाक्टरको सल्लाह अनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारका केही सदस्य बाहेकलाई भेटघाट नगराउनू भन्ने निर्देशन आएकाले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने उनले उल्लेख गरेकी छन् ।
भूमिकाले सामाजिक सन्जाल फेसबुकमा वसन्त नेम्वाङको स्वास्थ्य अवस्थाबारे लेखेको कुरा जस्ताको तस्तै :
‘मेरो श्रीमान वसन्तकुमार नेम्बाङ (पाँचथर जिल्ला प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री) को मिति २०८०/१०/१७ गते नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ पुगेको केही समयमा ब्रेन स्ट्रोक भई हेलिकप्टरमार्फत त्यसै दिन ल्याउन सफल भई ललितपुरको नेपाल मेडीसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ स्थिति बारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आईरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुइन । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ यसैमार्फत जानकारी गराउन चाहन्छु साथै डाक्टरको सल्लाहअनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारको केही सदस्य बाहेकलाई भेटघाट नगराउनु भन्ने निर्देशन आएकोले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने व्यहोरा अवगत गराउन चाहान्छु। उहाँको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुहुने, आशिर्वाद दिनुहुने आफन्तजन, पार्टी नेताहरू, इस्टमित्र,शुभेच्छुक, गुरूहरू र साथीभाइ सम्पूर्णलगायतमा हृदयदेखि आभार व्यक्त गर्दछु🙏।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












