पाकिस्तानको आमचुनावमा कुनै दलले पनि बहुमत ल्याएनन्
इस्लामावाद । पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन नसक्दा अब गठबन्धन सरकारको सम्भावना बढेको छ । त्यहाँ गएको बिहीवार चुनाव भएको थियो ।
पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवार सबैभन्दा धेरै एक सय सिटमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) दोस्रो र पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० तेस्रो भएका छन् । पीएमएल–एनले ७१ र पीपीपीले ५४ सिट जितेको छ । अन्य दल २८ सिटमा विजयी भए ।
चुनावको औपचारिक नतिजा घोषणा हुन बाँकी नै छ । पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ । तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । जसअनुसार सरकार गठनका लागि कम्तीमा एक सय ३४ सांसदको समर्थन आवश्यक छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये भने ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।
पूर्वप्रधानमन्त्री खानले चुनावी नतिजा आफ्नो पक्षमा आएको दाबी गर्नुभएको छ । तर उहाँ अहिले जेलमा हुनुहुन्छ । निर्वाचन आयोगले चुनावअघि नै खानको दललाई प्रतिबन्ध लगाएको थियो । त्यसैले पीटीआईका नेताहरू स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका हुन् ।
पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावमा आफ्नो दल विजयी भएको दाबीसहित सरकार गठनका लागि अन्य दललाई गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभएको छ । शरीफका भाइ शहबाज शरीफले कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा गठबन्धन सरकार बनाउन पीपीपीका बिलावल भुट्टो जर्दारीसँग हात मिलाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चुनावी नतिजापछि पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिरले देशलाई ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । लोकतन्त्र र देशको हितका लागि एउटा स्थिर नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ । केही विश्लेषकले पछिल्लो चुनाव विश्वसनीय हुन नसकेको टिप्पणी गरेका बीबीसीले जनाएको छ । यस्तै बेलायत र अमेरिकाले पनि हस्तक्षेप वा धाँधलीको दाबीमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












