राष्ट्रपति पौडेलले लिएनन् फाटेको दौरा-सुरुवाल
काठमाडौं । नेपाली कांग्रेस (वीपी ) ले राष्ट्रपति रामचन्द्र पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । बिहीवार सभापति सुशीलमान शेरचन नेतृत्वको टोलीले आर्थिक अवस्थाले धान्न नसक्ने संघीयता जस्तो विखण्डनकारी प्रणाली जननायक वीपी कोइराला र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिद्धान्त विपरित नभएको लगायतका बुँदा समावेश गरी राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको हो ।
देशलाई क्रिडास्थल बनाएर राष्ट्रको खुट्टामा खुंडा प्रहार गरिएको उल्लेख गर्दै १२ बुँदे दिल्ली सम्झौताको जगमा उभिएर नागरिकको ‘म्याण्डेट’ विपरित हठात रुपमा ल्याइएको संघीय गणतान्त्रिक प्रणाली र देशको पहिचान नामेट पार्ने धर्म निरपेक्षतालाई जनमत लिनुपर्छ कि पर्दैन भनेर राष्टपति पौडेललाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको छ ।
५६ अर्ब खर्च गरेर संविधानसभाबाट पारित गरिएको वर्तमान संविधानमा वीपीको विचारविरुद्ध समानुपातिक प्रणाली लागु गर्दा नसोचिएको भन्दै वीपी कांग्रेसले असन्तुष्टि जनाएको हो । ‘हामी देशलाई कता लाँदैछौं र ? हाम्रा सन्ततीहरुको भविष्य कस्तो कोर्दैछौं ? १० वर्ष रक्तपातपूर्ण युद्ध, १२ बुँदे दिल्ली सम्झौता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदिले नेताहरुलाई पदप्रतिष्ठा, नाम-दाम दियो होला तर आम नागरिकलाई के दियो र ?’- ज्ञापनपत्रमा भनिएको छ ।
भ्रष्ट प्रणाली, अराजकता, दलालप्रथा, कमिसनखोरी, कालोबजारी, नातावाद, कृपावाद, तथाकथित आरक्षण,अध्याधिक कर वृद्धि, काण्डै काण्ड, तस्करी, मूल्य वृद्धि हुँदा पनि राष्ट्रपति पौडेल चुपचाप बसेको भन्दै कांग्रेस (वीपी) का सभापति शुशिलमान शेरचनले असन्तुष्टि जनाए ।
नागरिकता विधेयकमा अदालतको राय समेत नबुझी हस्ताक्षर गरी प्रमाणिकरण गर्दा देशमा दीर्घकालीन असर पर्ने कुरामा राष्ट्रपति पौडेलले केही नसोचेको उल्लेख गरिएको छ । नागरिकता जस्तो संवेदनशील विषयमा उदार हुनु राष्ट्रहित विपरित भएको सभापति शेरचनले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।
ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई आफूले हस्ताक्षर गरेर देशलाई जोगाएको जिकिर गरेका छन् । उनले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि युरोपेली युनीयनमा आवद्ध ८ देशका राजदूतहरुले भेटेर धन्यवाद दिएको स्मरण गरे । तर कांग्रेस (वीपी)का नेताहरुले नागरिकता विधेयकमा हस्ताक्षर गर्दा कृष्णप्रसाद कोइराला तथा फाटेको टोपी र वीपीको मुहार नाचे कि नाचेनन् भन्दै प्रश्न गरे ।
पौडेलले अहिलेको संविधान जोगाउन क्रियाशील हुन सुझाव समेत दिएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले संविधानभन्दा माथि उठ्न खोजेपछि राजतन्त्र फाल्नुपरेको तर्क समेत गरेका छन् । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले ‘राजनैतिक कु’ गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । राजाले संविधानभन्दा माथि उठेपछि आफ्नै अडानमा नेपालबाट राजतन्त्रको अन्त्य भएको राष्ट्रपति पौडेलले जिकिर गरे ।
२०६२/६३को परिवर्तनपछि राजनीति भ्रष्टाचारको मूलजरो बनेको शेरचनले जिकिर गरे । विगतमा भएका सुडान घोटाला काण्ड,लाउडा,चेज र धमिजा काण्ड भन्दा ठूला-ठूला काण्ड सतहमा आएको उनले जिकिर गरे । हरेक एक काण्डलाई भ्रमित पार्न अर्को काण्डको रचना हुने गरेको सभापति शेरचनको दाबी छ । देशको इज्जतमाथि व्रज प्रहार गर्ने भुटानी शरणार्थी काण्ड यसको ज्वलन्त उदाहरण भएको उनले बताए ।
‘सरकारी तत्थ्याङ्कलाई दृष्टिगत गर्ने हो भने ११८ देशसँग व्यापार घाटा छ, केवल भारतसँग मात्रै ९ खर्ब २१ अर्बको ब्यापार घाटा छ । आठ लाख वैदेशिक रोजगारमा गएका नागरिकले पठाएको १२ खर्ब रेमिट्यान्सले कति दिन संघीयता धान्न सकिन्छ ’-ज्ञापनपत्रमा भनिएको छ ।
राष्ट्रपतिले बुझेनन् फाटेको दौरा-सुरुवाल
ज्ञापनपत्र बुझाउन गएका कांग्रेस वीपीका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई साङ्केतिक उपहारस्वरूप फाटेको दौरा सुरुवाल र टोपी लगेका थिए । तर राष्ट्रपति पौडेलले फाटेको दौरा सुरुवाल लिन मानेनन् । नेपालीका दैनिकी कष्टकर भएको, आर्थिक अवस्था जर्जर भएको, भ्रष्टाचार मौलाएको जनआक्रोश स्वरुप सारा नेपालीको तर्फबाट राष्ट्रपतिलाई साङ्केतिक उपहार स्वरुप दौरासुरुवाल लगेपनि राष्ट्रपति पौडेलले अस्वीकार गरेको सभापति शेरचनले बताए । आज देशको सम्पूर्ण दुर्दशाको चित्रण फाटेको दौरा सुरुवाल र फाटेको ढाका टोपीले प्रतिबिम्व गरेको शेरचनको तर्क छ ।
देशमा यही भ्रष्ट प्रणालीको निरन्तरता रहने हो भने वाध्यतावस वीपी कांग्रेस २०४७ सालको संविधानलाई धरातल मानेर वर्तमान संविधानको समिश्रणबाट अग्रगामी संविधान निर्माण गर्ने अभियान अन्तर्गत निकट भविष्यमा नै आन्दोलन घोषणा गरी नेतृत्व लिने कुराको राष्ट्रपति पौडेललाई जानकारी गराइएको सभापति शेरचनले बताए ।
प्रगिगमनको विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा होमिदै गर्दा पटक/पटक गरी १५ बर्ष जेल जीवन व्यतित गर्दै बीपीको सिद्धान्त र आदर्शलाई अपनत्व गरी अगाडी बढ्दै गर्दा मन्त्री, गृहमन्त्री, सभामुख हुँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्दा उनको वैयक्तिक राजनीतिक जीवन सफल बनेपनि राजनीतिक यात्राको सेतु बनेको वीपीका सिद्धान्त,आदर्श र विचारको आत्मसाथ गर्न नसकेको शेरचनको भनाई छ ।
ज्ञापनपत्र बुझाउन सभापति शेरचनको नेतृत्वमा वरिष्ठ उपाध्यक्षहरु झलकनाथ वाग्ले र कर्ण मल्ल, महामन्त्री देवेन्द्रप्रकाश पौडेल र हेमन्त मल्ल, सहमहामन्त्री जे.एन घिमिरे, इन्दिरा अधिकारी, विद्यार्थी विकास पाण्डेलगायत सहभागी भएका थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











