मेलमिलापबाट अन्तरदेशीय विवाद समाधान गर्न सकिन्छः प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मेलमिलापबाट देशभित्र मात्र नभई अन्तरदेशीय विवादको सामाधानका गर्न सकिने बताउनुभएको छ । सर्वोच्च अदालत बार एसोसिएसन, मेलमिलाप समिति र बङ्गलादेश इन्टरनेसनल मिडिएसन सोसाइटीको आयोजनामा आज आयोजित मेलमिलापसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले मेलमिलाप विवाद समाधानको महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको र यो पद्धतिको अवलम्बनसम्बन्धी अन्तर्राष्ट्रिय मानक वा मापदण्डको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
“विवादहरुको प्रकृतिमा आएको विविधीकरणले न्याय निरुपणका सन्दर्भमा राष्ट्रिय सीमाको मान्यतासमेत क्रमशः खुकुलो बन्दै गएको छ, खासगरी, व्यापार, व्यवसाय र विश्वव्यापीकरण एवम् निजी अन्तर्राष्ट्रिय कानुनको विकासले त्यस प्रकारको अवस्था सिर्जना गरिरहेको म देख्दछु,” प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “अहिले मेलमिलाप देशभित्र मात्र होइन, अन्तरदेशीय विवादहरुको समाधानका लागिसमेत त्यत्तिकै महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको छ, तसर्थ, मेलमिलाप पद्धतिको अवलम्बनसम्बन्धी अन्तर्राष्ट्रिय मानक वा मापदण्डको विकास गर्नुपर्ने आवश्यकतासमेत देखापर्दै गएको छ ।”
मेलमिलाप पद्धतिलाई प्रभावकारी बनाउने दिशामा भएका विभिन्न प्रयासका बाबजुद अझै पनि थुप्रै समस्या र चुनौती विद्यमान रहेको र सबैका साझा समस्या तथा चुनौती भएको हुँदा मेलमिलाप दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेशलगायत मुलुकमा विवाद समाधानको परम्परागत पद्धतिका रुपमा लामो समयदेखि अभ्यासमा रहेको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “यसको कानुनी व्यवस्थापनको दृष्टिकोणबाट अनुभवहरु नयाँ नै छन्, तसर्थ कानुनी एवं कार्यविधिगत रुपमा मेलमिलाप पद्धतिको अभ्यास र अनुभवबाट यसलाई थप परिमार्जन र परिस्करण गर्दै लैजानुपर्ने आवश्यकता छ ।”
मेलमिलाप पद्धति र मेलमिलापको प्रक्रियामार्फत विवाद समाधान गर्दा हुने फाइदाका बारेमा आमरुपमा जानकारी गराई यसप्रतिको आकर्षण बढाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले मेलमिलाप प्रक्रियाको सफलता मेलमिलापकर्ताको दक्षता, सीप, अनुभव र लगनमा निर्भर गर्ने बताउनुभयो ।
“मेलमिलापकर्ताको चयन, तालिमको उपयुक्तता र मेलमिलापको कार्यमा प्राप्त हुने अवसरबाट नै त्यसमा सुधार ल्याउन सकिन्छ,” प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “मूलतः मेलमिलाप पद्धतिको प्रभावकारिताका लागि न्यायाधीशको भूमिका सर्वोपरि र महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्दछ ।”
सम्मेलनले दक्षिण एसियामा मेलमिलापको सञ्जाल निर्माण गरी आपसी अनुभवको आदानप्रदानलाई अनुभूतिको तहसम्म पु¥याउने अपेक्षा गरेको उल्लेख गर्दै उहाँले सम्मेलनबाट दक्षिण एसियाली क्षेत्रमा मेलमिलाप पद्धतिको विकास र सोमार्फत न्यायमा पहुँच अभिवृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत बताउनुभयो ।
बहुसांस्कृतिक र विविधतायुक्त समाजिक संरचना रहेका नेपाल, भारत, बङ्गलादेशलगायत दक्षिण एसियाली मुलुकमा विभिन्न परम्परागत मान्यतामा आधारित भई सदियौँदेखि मेलमिलाप पद्धतिको अभ्यास हुँदै आएको देखिन्छ ।
प्रधानन्यायाधीश श्रेष्ठले विभिन्न समुदाय र स्थानीयस्तरमा उत्पन्न विवादको समाधान मेलमिलापको माध्यमबाट स्थानीयरुपमै गर्ने अभ्यास धेरै अगाडिदेखि नै हुँदै आएको र आजभन्दा करिब सय वर्षअगाडि विसं १९८३ मा जारी भएको सनदले मान्यजन कचहरीलाई मेलमिलापलगायत प्रक्रियाबाट विवाद समाधान गर्ने अधिकार प्रदान गरेको स्मरण गराउनुभयो ।
नेपालमा मेलमिलाप पद्धतिको प्रवद्र्धन गर्न अदालतको महत्वपूर्ण योगदान रहेको जानकारी गराउँदै करिब दुई दशकअगाडि सर्वोच्च अदालतले आफ्नै सोच र सक्रियतामा अदालतसम्बन्धी नियमावलीको संशोधनमार्फत अदालतमा यस पद्धतिको औपचारिक सुरुआत गरेको बताउनुभयो ।
मेलमिलापसम्बन्धी एकीकृत कानुनको निर्माणलगायत मेलमिलाप पद्धतिको प्रभावकारिताका लागि न्यायपालिका निरन्तर रुपमा क्रियाशील रहँदै आएको भन्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाका सबैजसो रणनीतिक योजनाले मेलमिलापको प्रवद्र्धन र संस्थागत विकास गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको जानकारी गराउनुभयो ।
नेपालका अदालतहरुमा मेलमिलाप केन्द्रहरुको स्थापना र स्तरोन्नतिका प्रयास भएका छन् । सर्वोच्च अदालतलगायत सबै तहका अदालतबाट मुद्दामा मेलमिलापको प्रक्रिया अवलम्बन गरी विवादको समाधान हुँदै आएको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विवादको दिगोरुपमा समाधान गर्नका लागि मेलामिलाप पद्धति महत्वपूर्ण भएको र मेलमिलाप पद्धतिको प्रभावकारिताका लागि विभिन्न नीतिगत तथा कानुनी सुधारका प्रयास भएको बताउनुभयो ।
नेपालमा मेलमिलापसम्बन्धी ऐन, २०६८ नै यससम्बन्धी पहिलो कानुन हो । नेपालको संविधानले मेलमिलापलाई विवाद समाधानको वैकल्पिक उपायका रुपमा अवलम्बन गर्ने नीति अख्तियार गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले न्यायिक समितिलाई मेलमिलापको माध्यमबाट विवादको निरुपण गर्ने अधिकार प्रदान गरेको छ ।
त्यस्तै, मुलुकी देवानी कार्यविधि संहिता, २०७४, ले मेलमिलापको प्रक्रिया अवलम्बन गर्नुपर्ने विषयलाई देवानी कार्यविधि कानुनका सामान्य सिद्धान्तका रुपमा ग्रहण गर्दै पक्षहरु मञ्जुर भएमा जुनसुकै तहमा रहेको मुद्दामा मेलमिलापको प्रक्रिया अवलम्बन गर्न सकिने व्यवस्था गरी मेलमिलाप पद्धतिलाई महत्वपूर्ण स्थान दिएको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले राष्ट्रहरु सबै मिलेर मेलमिलापसम्बन्धी विधिबाट विवाद समाधान गर्ने प्रोत्साहन गर्ने र मेलमिलापसम्बन्धी अन्तरदेशीय सञ्जाल तयार गर्ने उद्देश्य रहेको बताउनुभयो । दुईदिने सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशबाट गरी ५२ सहभागी छन् । सम्मेलनले नेपाल घोषणापत्र समेत जारी गर्ने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार...












