चिनियाँ नव वर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न
काठमाडौं । चिनियाँ नव वर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष चिनियाँ नववर्ष ड्रयागन वर्षका रूपमा मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले समेत गत वर्ष मान्यता दिएको चिनियाँ वसन्त पर्व नेपालका काठमाडौँ, भक्तपुर,ललितपुर र कास्की पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
सो कार्यक्रमको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङले गत पुस २९ गते यहाँ शुभारम्भ गर्नुभएको थियो । चिनियाँ नयाँ वर्षका अवसरमा नेपाल चीन मैत्री फुटबल म्याच, चिनियाँ इलेक्ट्रिकल सामग्री र लालटिन प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम नेपालका विभिन्न दरबार,सडक,उद्यान र खेलमैदानमा आयोजना गरिएको थियो ।
चिनियाँ नववर्ष समारोह समापनका अवसरमा यहाँस्थित चिनियाँ राजदूतावासमा आज आयोजित आभार कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले चीनको उदयबाट नेपाल र नेपाली खुशी भएको र उसबाट नेपालले आर्थिक, सामाजिक र प्राविधिक विकासबारे सिक्ने बताउनुभयो । उहाँले चीन नेपालको विश्वासयोग्य विकास साझेदार भएको र उसले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरेकामा कृतज्ञता पनि व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गले पहिलो पल्ट नेपालमा मनाइएको सो कार्यक्रमले चीनबारे बुझ्ने नेपालीको सङ्ख्या ३५ प्रतिशतले बढेको र यसबाट दुई देशवीच सांस्कृतिक आदानप्रदान,ज्ञान, समझदारी र सम्बन्धले गहिरो जरा गाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्काे वर्ष समाजवादी चीन स्थापनाको ७५ वर्ष र चीन-नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष पुग्ने छ ।
चीनले नेपालसँगको सम्पर्क र सहयोग जारी नै राख्ने छ । हाम्रो सहकार्यको नयाँ सुरुआती विन्दु शुरु हुने छ र हामी मिलेर काम गर्ने छौँ ।” राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालमा आयोजित वसन्त पर्वमा नेपाल पर्यटन बोर्ड, तामाङ सङ्घसंस्था, नेपाल मार्सल आर्ट सङ्घ,काठमाडौँ, ललितपुर, भक्तपुर महानगरपालिका र नगरपालिका आदिले सहयोग गरेकामा आभार व्यक्त गर्दै यसबाट धेरै नेपालीले चिनियाँ संस्कृति बुझ्न सकेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र पर्यटन बोर्डका प्रतिनिधि नलिनी लाखेले नेपाल र चीनबीच खेलकुद तथा सांस्कृतिक– पर्यटकीय गतिविधि अझ वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । शनिबार भने चिनियाँ लालटिन पर्व मनाइने जनाइएको छ । कार्यक्रममा राजधानीका विभिन्न नगरपालिकाका प्रमुख–उपप्रमुख, नेपाल चीन मैत्री सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, यहाँस्थित चिनियाँ र नेपाली बुद्धिजीवीको सहभागिता थियो ।
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...












