पत्रकार एवम् संगठनका अध्यक्ष निरौलामाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोस् : प्रेस चौतारी संङ्खुवासभा
संङ्खुवासभा । प्रेस चौतारी नेपाल सङ्खुवासभाले आफ्नो संगठनका अध्यक्षमाथि भएको अभद्र व्यवहारको निन्दा तथा भर्त्सना गरेको छ । संखुवासभाको चैनपुर-६ जीरोप्वाइन्टको ‘मेला तथा मिनि महोत्सव’ मा समाचार संकलन गर्न गएका पत्रकार एवम् प्रेस चौतारी नेपाल सङ्खुवासभाका अध्यक्ष प्रेम निरौलामाथि मेला आयोजक समितिले गरेको अमानवीय क्रियाकलापप्रति प्रेस चोतारीले निन्दा तथा भर्त्सना गरेको हो ।
प्रेस चौतारी संखुवासभाका उपाध्यक्ष दिव्य राईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा सत्य-तथ्य समाचार संकलन गर्न गएका अध्यक्ष निरौलालाई मेलाको फोटो खिच्न नदिने, सञ्चार साधन मोवाइल जफत गर्ने, धम्की, हातपात लगायतका अमानवीय क्रियाकलाप गरेको उल्लेख छ । यस्तै अनेक लाञ्छना लगाएर आयोजकले उल्टै विज्ञप्ति निकालेर गलत प्रचार गरेको हुँदा दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिन विज्ञप्तिमार्फत माग गरिएको छ । यही फागुन १० गते बिहीवार साँझ सत्यतथ्य समचार संकलन गर्न गएका पत्रकार निरौलामाथि अभद्र व्यवहार भएको थियो ।
संखुवासभामा रातिको समयमा मात्रै मेला-महोत्सव सञ्चालन गर्ने र धनको हारजित हुने खेल खेलाउने गतिविधि एकपछि अर्को ठाउँमा बढ्दै गएको छ । यसै क्रममा सत्यतथ्य समाचार संकलन गर्न जाँदा मेला स्थलमा पुग्नासाथ यसअघि असल शासन क्लब संङखुवासभाले जिल्ला प्रशाशन कार्यालयमा बुझाएको ध्यानाकर्षणपत्रको आधारमा पाख्रिबास साप्ताहिक पत्रिकाले लेखेको समाचारको विषयलाई लिएर अमानवीय क्रियाकलाप गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाचार संकलन गरेकै आधारमा पत्रकारलाई अमानवीय व्यवहार गरिँदा मेला महोत्सवको गरिमा गुम्ने, पालिकाभित्र गुण्डागर्दी बढ्ने र अराजक क्रियाकलापहरु मौलाउने खतरा बढेको भन्दै प्रेस चौतारी नेपाल सङ्खुवासभाले सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराएको छ । संगठनले जिल्ला प्रशासन कार्यालय संखुवासभा, नेपाल पत्रकार महासंघ संखुवासभा र प्रेस चौतारी नेपाल कोशी प्रदेशको कार्यालयलाई ध्यानाकर्षण गराउँदै रिपोर्टिङका क्रममा फेला परेको धनको हारजित हुने खेल डाइस (सिक्स्स), लक्की सिक्स् र लक्की सेभेन बन्द गर्न आग्रह गरेको छ ।
यसैगरी, प्रेस चौतारी सङ्खुवासभाका अध्यक्ष समेत रहेका ‘पाख्रिबास साप्ताहिक’का सम्पादक प्रेम निरौलाले ‘चैनपुर मेला तथा मिनि महोत्सव’ आयोजक समूहले आफूमाथि गरेको अभ्रद व्यवहारबारे जिल्ला प्रशासन कार्यालय संखुवासभाको ध्यानाकर्षण गराएका छन् । उनले गत विहिवार साँझ पौने ८ बजे ‘चैनपुर मेला तथा मिनि महोत्सव’ चैनपुर-६ जीरो प्वाइन्ट पुग्दा आयोजक समूहका केही व्यक्तिहरुले महोत्सव स्थलभित्र फोटो खिच्न नपाइने भन्दै आफ्नो मोवाइल जफत गरेका उल्लेख गरेका छन् ।
उनीहरुले यसअघि ‘पाख्रिबास साप्ताहिक’ पत्रिकामा समाचार किन लेखेको भन्दै धम्कीपूर्ण व्यवहार गरेका कारण यस प्रकारको कार्य नदोहोरिने वातावरण सिर्जना गरियोस् भन्ने माग जिल्ला प्रशासन कार्यालयलाई लेखेको निवेदनमा सम्पादक निरौलाले उल्लेख गरेका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












