बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै
काठमाडौं । बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने जनाइएको छ ।
प्रदेशसभाका सबै दलबीच सहमति गर्ने उद्देश्यअनुसार आज सर्वदलीय बैठक बस्न लागेको हो । प्रदेशसभा सञ्चालन, संसद्को कार्यसूची, संसद्को विजनेशलगायत विषयमा निर्णय गर्न सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सर्वदलीय बैठकमा निर्णय नभएका खण्डमा प्रदेशसभाको आगामी फागुन १५ गते आह्वान गरिएको बैठकले निरन्तरता पाउनसक्ने छैन । संसद्मा पर्याप्त विजनेश नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्ड निर्माण गरी सबै दलको सहमति जुटाएर अघि बढ्ने तयारी रहेको उहाँले बताए ।
विशेषतः संसद्मा नयाँ विधेयक दर्ता गर्ने, संसद् बैठकको व्यवस्थापन, कार्यसूचीलगायतका विषयमा सहमति गर्नुपर्ने उनको भनाइ छ । हाल तीन वटा विधेयक विभिन्न समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा दर्ता भएको उनले बताए । सर्वदलीय बैठकमा सहमति नबनेका खण्डमा सो विधेयक अघि बढ्न नसक्ने र समितिका बैठक पनि सञ्चालन नहुने प्रवक्ता गुप्ताले बताए ।
विगत चार महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिको नेतृत्व चयन, कानुन निर्माणलगायत विषय अघि बढ्न सकेको छैन । गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको चार महिना पूरा भइसकेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बोलाएका हुन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
भारतीय नागरिक, चिनियाँ सिम र ती युवती काजोल
काठमाडौं । राज्यका विभिन्न निकायमा हुने गरेका अनियमितता,राज्य सञ्चालनका क्रममा राजनीतिक तहबाट हुने हस्तक्षेप र सरकारका नीति-निर्णयहरुबारे तीन दशकभन्दा लामो...
-
अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट
तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर...












