बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै
काठमाडौं । बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने जनाइएको छ ।
प्रदेशसभाका सबै दलबीच सहमति गर्ने उद्देश्यअनुसार आज सर्वदलीय बैठक बस्न लागेको हो । प्रदेशसभा सञ्चालन, संसद्को कार्यसूची, संसद्को विजनेशलगायत विषयमा निर्णय गर्न सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सर्वदलीय बैठकमा निर्णय नभएका खण्डमा प्रदेशसभाको आगामी फागुन १५ गते आह्वान गरिएको बैठकले निरन्तरता पाउनसक्ने छैन । संसद्मा पर्याप्त विजनेश नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्ड निर्माण गरी सबै दलको सहमति जुटाएर अघि बढ्ने तयारी रहेको उहाँले बताए ।
विशेषतः संसद्मा नयाँ विधेयक दर्ता गर्ने, संसद् बैठकको व्यवस्थापन, कार्यसूचीलगायतका विषयमा सहमति गर्नुपर्ने उनको भनाइ छ । हाल तीन वटा विधेयक विभिन्न समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा दर्ता भएको उनले बताए । सर्वदलीय बैठकमा सहमति नबनेका खण्डमा सो विधेयक अघि बढ्न नसक्ने र समितिका बैठक पनि सञ्चालन नहुने प्रवक्ता गुप्ताले बताए ।
विगत चार महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिको नेतृत्व चयन, कानुन निर्माणलगायत विषय अघि बढ्न सकेको छैन । गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको चार महिना पूरा भइसकेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बोलाएका हुन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











